Advertisement
Advertisement
Advertisement
Advertisement

महाशिवरात्रिको तयारी शुरु

  |      14:56:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन ७, काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । 

 

 

कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोकत्वमा चन्दन मन्दिर प्राङ्गण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा परिचालन अनुगमन तथा पास व्यवस्था उपसमितिको गठन गरिएको छ । 

 

 

यसैगरी परिषद् सदस्य राजुकुमार खत्रीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था र लाइट तथा साजसजावट, परिषद् सदस्य रमेशराज शिवाकोटीको संयोजकत्वमा साधुसन्त सेवा एवं धार्मिक कार्यक्रम, परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा स्वास्थ्य, वातावरवण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, परिषद् सदस्य घनश्याम उपाध्यायको संयोजकत्वमा प्रचारप्रसार व्यवस्था उपसमिति गठन भएको छ । 

 

 

तयारीका क्रममा रङ्गरोगन, बत्ती व्यवस्था, सुरक्षालगायतको तयारी तीव्ररुपमा अघि बढेको छ । महाशिवरात्रिका लागि साधुसन्त आउने क्रम पनि शुरु भइसकेको कोषले जनाएको छ । यस वर्ष पर्वका अवसरमा ११ लाखभन्दा बढीले मूल मन्दिरभित्रै प्रवेश गरेर पूजाआज एवं दर्शन गर्ने गरी तयारी गरिएको छ । यस वर्ष भारतबाट धार्मिक पर्यटक बढी आउने अनुमान गरिएको छ । इलाहावादस्थित प्रयागराजमा भएको कुम्भलगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढ्ने कोषले जनाएको छ । कुम्भमा स्नान गरी मेला भरेका दर्शनार्थीले एउटा दिव्य शिवलिङ्गको दर्शन गर्नुपर्ने धार्मिक मान्यताका कारण भारतीयको सङ्ख्या बढ्ने छन् । 

 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष दुईपटक पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गर्नुभएपछि भारतको विभिन्न प्रान्तका भक्तजनको मन्दिरमा भीड लागेको सदस्य सचिव ढकालले बताउनुभयो । गत वर्षको महाशिवरात्रिदेखि पशुपति क्षेत्र विकास कोषले शुरु गरेको सहयोग अपेक्षारहित क्षेत्र बनाउने अभियानलाई यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाइएको छ । पशुपति क्षेत्रमा सोचेभन्दा राम्रो सफलता प्राप्त भएपछि नेपाल प्रहरी, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रमलगायत सामाजिक संस्थाको सहकार्यमा जिल्लाव्यापी बनाइएको कोषका सदस्य उहाँले जानकारी दिनुभयो । 

 

 

यस वर्ष फागुन २० गते सोमबार महाशिवरात्रि पर्व परेको छ । पर्वको एक महीना अघिदेखि नै भारतलगायत विभिन्न देशका धार्मिक पर्यटक पशुपतिनाथ मन्दिरमा आउने गर्छन् । पर्वका लागि तीनवटै सुरक्षा निकायको संयोजनमा पशुपति क्षेत्रमा सुरक्षाको प्रबन्ध गरिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement