माघ २६, विराटनगर । राष्ट्रिय प्रतिभा पाँचजना पुरस्कृत एवं सम्मानित हुनुभएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा आज यहाँ आयोजित चौधौं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रम–२०७५ मा उहाँहरुलाई पुरस्कृत एवं सम्मान गरिएको हो।
भाषा साहित्य, पत्रकारिता, समाजेवा तथा संस्कृति जर्गेनामा महत्वपूर्ण योगदान दिने महानुभावलाई वर्षेनी पुरुस्कृत एवं सम्मान गर्दै आएको आएको छ ।
पुरस्कृत एवं सम्मानित हुनेमा रु एक लाख एक हजारको राशिबाट साहित्यकार प्रा डा कपिलदेव लामिछाने हुनुहुन्छ । त्यस्तै जनही रु ५१ हजारको राशिबाट पुरस्कृत एवं सम्मानित हुनेमा संस्कृतिविद् प्राडा सोमप्रसाद खतिवडा, पत्रकार युवराज घिमिरे, ललितकलाकर्मी श्रीमती मिथिला शर्मा बोहरा र समाजसेवी रमेशप्रसाद नेपाल छन् ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति प्राज्ञ के के कर्माचार्यले समाज परिवर्तनमा योगदान दिने महानुभावलाई प्रतिष्ठानले सम्मान एवं पुरस्कृत गर्नु सुखद पक्ष हो भन्नुभयो । पुरस्कृत एवं सम्मानित साहित्यकार प्रा डा लामिछाने, संस्कृतिविद् प्रा डा सोमप्रसाद खतिवडा र समाजसेवी नेपालले समाजमा रचनात्मक काम गर्ने स्रष्टालाई खोजी–खोजी पुरस्कृत एवं सम्मान गर्नुले हामीलाई समाजमा काम गर्न थप उत्साह मिलेको चर्चा गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष साहित्यकार गङ्गा सुवेदीले प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै समाजमा विभिन्न विद्यामा काम गर्ने मानिसलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
प्रतिष्ठानले हरेक महीनाको पहिलो शुक्रबार चेतना मासिक साहित्य कार्यक्रम, चेतना सन्देश त्रैमासिक साहित्यिक पत्रिकार प्रकाशन गर्नुका साथै अहिलेसम्ममा छ दर्जनभन्दा बढी प्रवुद्ध व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मान गरिसकेको सदस्य मीनकुमार नवोदितले जानकारी दिनुभयो ।
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...