Advertisement
Advertisement
Advertisement
Advertisement

पत्रकारितामा महिलालाई गाह्रो

  |      14:25:00   |  
वेब तस्विर
वेब तस्विर

- नारायण अधिकारी 

माघ १८, चितवन । पत्रकार महिलाले पत्रकारितामा टिक्न गाह्रो भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घको महिला विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय भेलाका सहभागी महिला पत्रकारले महिला सञ्चार क्षेत्रमा टिकिरहन समस्या भएको गुनासो गरेका हुन् । 

 

 

सहभागीले सबै सञ्चार गृहमा सिसु स्याहार केन्द्र हुनुपर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मधु शाहीका अनुसार अधिकांश सहभागीले महिला र पुरुष दुवैलाई हुने गरी सिसु स्याहार केन्द्र हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिमा ३३ प्रतिशत पदाधिकारी सुनिश्चित हुनुपर्नेमा पनि जोड दिएका छन् । 

 

 

पोखरामा हुन लागेको साधारणसभामा विधान संशोधन गरी महिलाको प्रतिनिधित्वको विषय समावेश गर्नुपर्नेमा जोड दिएको अर्का केन्द्रीय सदस्य सिर्जना अर्यालले बताउनुभयो । महासङ्घको विधान संशोधन गरी सङ्घीय संरचनामा पूर्णरुपमा लैजान पनि सहभागीले जोड दिएका छन् । कार्यक्रमको बन्द सत्रमा ‘पत्रकारितामा महिला सभागिता  विगतदेखि वर्तमानसम्म’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पत्रकार बबिता बस्नेतले नेतृत्वमा महिलालाई पु¥याउनुपर्नेमा जोड दिनुभएको थियो । 

 

 

बस्नेतले नेतृत्वमा महिला पुग्न नसक्नुका कारण प्रस्ट पार्दै नेतृत्वमा पुर्याउनुका लागि गर्नुपर्ने कार्यका बारेमा पनि कार्यपत्रमा समेट्नुभएको छ । बन्द सत्रको समापन गर्दै नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बिपुल पोखरेलले पत्रकार बन्ने कि पत्रकारको नेता बन्ने भन्ने विषय तय गरेर काम गर्न सुझाव दिनुभयो । 

 

 

सो अवसरमा दिइएको तथ्याङ्कअनुसार सञ्चार क्षेत्रमा महिलाको सहभागिता निकै न्यून रहेको छ । फ्रिडम फोरमका मिडिया अनुगमन अधिकृत नानुमाया खड्काले सन् २०१८ मा पत्रिका, अनलाइन र मोफसलका पत्रिकाको अनुगमन गर्दा महिलाको सहभागिता न्यून रहेको पाइएको बताउनुभयो । फ्रिडम फोरमले नौ ब्रोडसिट पत्रिका, ६ अनलाइन र प्रदेशबाट प्रकाशित हुने २१ पत्रिकाको अनुगमन गरेको थियो । खड्काका अनुसार ती अनलाइन र पत्रिकामा महिलाको सहभागिता न्यून देखिएको हो । 

 

 

अनलाइनमा १८ प्रतिशत, ब्रोडसिट पत्रिकामा ९ प्रतिशत र प्रदेशका पत्रिकामा ११ प्रतिशत मात्र महिलाको बाइलाइन समाचार प्रकाशित भएको पाइएको छ । यसैगरी पत्रिकाको मुख्य पृष्ठमा २२ प्रतिशत महिलाका लेख समावेश भएका छन् भने स्रोतमा पनि महिला कमजोर देखिएका छन् । अनलाइनमा ११ प्रतिशत, ब्रोडसिटमा १२ प्रतिशत र प्रदेशका पत्रिकामा १४ प्रतिशत महिलाले स्रोत प्रयोग गरेको खड्काले बताउनुभयो । 

 

 

उहाँले महिलाका अधिकांश समाचार सामाजिक भएको भन्दै राजनीतिक समाचारमा पनि महिला कमजोर रहेको बताउनुभयो । मिडियामा महिलाको पहुँच कमजोर भएको उहाँले बताउनुभयो । क्रमशः महिलाको प्रतिनिधित्व बढ्दो रहे पनि सन्तोषजनक रुपमा बढ्न नसकेको उहाँको भनाइ थियो । बन्द सत्रमा प्रदेश नं २ बाहेक सबै प्रदेशका महिला उपाध्यक्षले रिपोर्टिङ गर्नुभएको थियो । आजै बिहान नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको भेला शुक्रबार पटिहानी घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement