Advertisement
Advertisement
Advertisement
Advertisement

मोतियाविन्दुको शल्यक्रिया

  |      10:01:00   |  
वेब तस्विर
वेब तस्विर

माघ १७,दमौली । नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भानु नगरपालिका–१३ ठूल्ढुङ्गामा आयोजना गरेको स्वास्थ्य शिविरमा पन्ध्र जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । 

 

शहीद दिवसको अवसरमा सोसाइटीले मङ्गलबार र बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा पन्ध्र जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको शाखाका सभापति कृष्णहरि वाग्लेले जानकारी दिनुभयो । 

 

 

‘भूकम्प प्रभावित समुदायका अपाङ्गता भएका व्यक्तिका लागि सशक्तीकरण र समावेशीकरण कार्यक्रम’ अन्तर्गत भक्तपुरस्थित विपी नेत्र प्रतिष्ठानको प्राविधिक सहयोगमा उक्त शिविरमा पाँचकोे कानको शल्यक्रिया र ६० लाई चश्मा र चारलाई श्रवणयन्त्र प्रदान गरिएको थियो । शिविरमा ७७५ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका थिए । 

 

 

मिर्गौला पीडितद्वारा सहयोगको अपिल 

मिर्गौलापीडित तनहुँको भिमाद नगरपालिका–५ मालेबगरका २८ वर्षीया ज्ञानकुमारी विकले आफ्नो उपचारका लागि आर्थिक सहयोग आग्रह गर्नुभएको छ । उपचारका लागि आर्थिक अवस्था नाजुक सहयोगको अपेक्षा गर्नुभएको हो । 

 

 

उपचारका क्रममा हालसम्म रु आठ लाख खर्च भइसकेकाले थप उपचारका लागि रकम अभाव भएको उहाँले बताउनुभयो । डायलोलिससका लागिसमेत पैसा नभएपछि उहाँको परिवार यतिबेला सहयोगको लागि भौँतारिरहेको छ । चिकित्सकले मिर्गौला फेर्न रु ४० लाख लाग्ने भनेको तर आफूहरुसँग त्यत्रो रकम नभएको उहाँका पति कुमार विकले बताउनुभयो । 
 

 

 

आफ्नोभन्दा छोराहरुको पीरले आफूलाई सताएको छ पीडित विकले भन्नुभयो, “मेरोभन्दा पनि दुई साना छोराको बिचल्ली हुन्छ कि भन्ने पीर लागेको छ, म बाँच्न चाहन्छु, मलाई सहयोग गर्नुहोस् ।” 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement