Advertisement
Advertisement
Advertisement
Advertisement

बमदिदीबहिनीहामी निर्दोष छौँ

  |      18:15:00   |  
वेब तस्विर
वेब तस्विर

माघ१४, काठमाडौँ । निर्मला पन्त हत्या प्रकरणमा शङ्काको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दोष भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा दिदीबहिनी बविता र रोशनी बमले मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालले आफूहरु तथा छरछिमेकीसँग सोधपुछ नै नगरी झुठो प्रतिवेदन तयार गरेको भन्दै उनीमाथि कारवाही गर्नुपर्ने माग गर्नुभयो । 

 

 

मानव अधिकारकर्मीको झुठो प्रतिवेदन र सञ्चारमाध्यमले निर्मला पन्तको हत्यामा आफूहरुको संलग्नतालाई जोडेर समाचार सम्प्रेषण गरेका कारण आफूहरु मानसिकरुपमा पीडित भएको बम दिदीबहिनीले बताउनुभयो । दिदी बविता बमले मानव अधिकारकर्मीको गलत प्रतिवेदन तथा सञ्चारमाध्यमको समाचारका कारण आफूहरुको चरित्र हत्या भएको भन्दै विद्यालय जान तथा हिँडडुल गर्ने अवस्थासमेत नभएको गुनासो गर्नुभयो । 

 

 

बहिनी रोशनी बमले आफूहरु निर्दोष रहेको बताउँदै साथीको नाताले निर्मला पन्त गृहकार्यका लागि घरमा आएको र दिउँसो २ बजे घरबाट फर्केको जानकारी दिनुभयो । अनाहकमा दिदीलाई २० दिन र आफूलाई सात दिन प्रहरी हिरासतमा राखिएको बताउँदै वास्तविक हत्यारा पत्ता लगाएर निर्मलालाई न्याय दिन तथा आफूहरुको पीडा हटाइदिन बहिनी रोशनीले सरकारसँग माग गर्नुभयो । 

 

 

सामाजिक अभियन्ता सावित्री सुवेदीले वास्तविक अपराधी पत्ता लगाइ सरकारले कारवाही गर्नुपर्नेमा जोड दिँदै शङ्काको घेरामा रहेका बम दिदीबहिनीको घरमा पुगेर सबै कुरा बुझ्दा हालसम्म दोषी प्रमाणित हुने कुनै सबुत नपाएको बताउनुभयो । बम दिदीबहिनीका आमा इन्द्रा बमले आफ्ना छोरी दुवै निर्दोष रहेको दाबी गर्नुभयो । उहाँले मानव अधिकारकर्मीले गलत प्रतिवेदन दिएको तथा सञ्चारकर्मीले पनि अनावश्यक केरकार गरी दुःख दिएको बताउनुभयो । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement