Advertisement
Advertisement
Advertisement
Advertisement

अपाङ्गतामैत्री विद्यालय भवन निर्माण

  |      15:15:00   |  
वेब तस्विर
वेब तस्विर

माघ १२, गोरखा । गोरखा नगरपालिका–३ मा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ । नारेश्वरस्थित श्री विन्ध्यावासिनी माध्यमिक विद्यालयको नवनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । करीब रु ७५ लाख ४६ हजारका लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ शिक्षा का प्रमुख रामप्रसाद आचार्यले जानकारी दिनुभयो । 
 

 

अपाङ्गता भएका बालबालिका पठनपाठन गर्दै आएको उक्त विद्यालयमा भवन अभावका कारण समस्या हुँदै आएको थियो । पाँच कोठे अपाङ्गतामैत्री भवन निर्माण भएसँगै उक्त विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई पठनपाठन सजिलो हुने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टीकाराम बस्नेतले बताउनुभयो । 
 

 

विद्यालयले उनीहरुलाई आवासीय सुविधासहित पठनपाठनको व्यवस्थापन गर्दै आएको छ । भवन निर्माणका लागि आइएनएफ नामक गैरसरकारी संस्थाले सहयोग गरेको थियो । २०७२ साल वैशाख १२ गतेको गोरखा भूकम्पले विद्यालयको भवन पूर्णरुपमा क्षति भएपछि उक्त संस्थाले अपाङ्गतामैत्री विद्यालय भवन निर्माण गरिदिएको हो । गोरखा जिल्लामा भूकम्पपछि पुनःनिर्माण भएका धेरै विद्यालयका भवन अपाङ्गतामैत्री बन्न सकेका छैनन् । गोरखाको पहिचान झल्कने गोरखा गेट निर्माण हुदैगोरखामा रु ५० लाखको लागतमा ‘गोरखा गेट’ बन्ने भएको छ । गोरखा प्रवेशको मुख्यद्धार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी र गोरखा जोड्ने मस्र्याङ्दी नदीको पुल नजिकै मझुवा देउरालीमा गेट निर्माण गर्न लागिएको हो ।

 

गोरखा प्रवेश गर्ने आगन्तुकलाई प्रवेशद्धारमै गोरखाको इतिहास र संस्कृतिको जानकारी दिने कलात्मक गेट निर्माण गर्न लागिएको गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले जानकारी दिनुभयो ।“गेटको सबैतिर गोरखाको पर्यटकीय गन्तव्यसँगै यहाँको ऐतिहासिकस्थलको चित्राकृति रहनेछ, उहाँले भन्नुभयो, “जसबाट गोरखा सदरमुकाम मात्रै आउने पर्यटकलाई समेत यहाँको सबै पर्यटकीयस्थल भ्रमण गर्न हौसला प्रदान गरोस् भन्ने हाम्रो चाहना हो ।” आउँदो चैतभित्र निर्माण सम्पन्न गर्ने गरी गेट निर्माणको काम शुरु भएको उहाँको भनाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement