Advertisement
Advertisement
Advertisement
Advertisement

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

  |      22:25:00   |  
वेब तस्विर
वेब तस्विर

माघ ८, तेह्रथुम ।  जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 
आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्बूको जिल्ला अस्पतालमा प्रसूति गराइए पनि अत्यधिक रक्तस्राव भएका कारण थप उपचारका लागि आज हेलिकप्टरमार्फत कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । 

 

लिम्बूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी कोशी अञ्चल अस्पताल पठाइएको प्रजिअ लक्ष्मीदेवी हुमागाईले बताउनुभयो । छैटौँ पटक गर्भधारण गरेकी लिम्बूलाई गत शुक्रबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । शारीरिक रुपमा कमजोर भए पनि परिवारको स्वीकृतिमा जिल्ला अस्पतालमै शल्यक्रिया गरेर बच्चा जन्माइएको र आइसियुमा राख्नुपर्ने अवस्था भएपछि रेफर गरिएको अस्पतालका चिकित्सक आनन्द देवले बताउनुभयो । लिम्बूको शल्यक्रियापछि सोमबार दिउँसो ३ बजे बच्चा जन्मिएको थियो । 

 

अस्पतालमा ब्लड बैंकसमेत नहुँदा दुई जनाले रक्तदान गरेर लोककुमारीको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पनि निरन्तर रक्तस्राव भएपछि अस्पतालले रेफर गरेको उहाँका पति कीर्तिमान लिम्बूले बताउनुभयो । जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारीपछि महिला तथा बालबालिका मन्त्रालयसँग समन्वय गरी उद्धार गरिएको प्रजिअ हुमागाईले बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement