Advertisement
Advertisement
Advertisement
Advertisement

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर स्वदेशमा नै गाईपालन

  |      10:47:00   |  
वेब तस्विर
वेब तस्विर

– सुरेन कुँवर 

माघ  ४, रत्ननगर । नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् । 

 

दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा निवासी राम केसी र सागर वगालेले त्यहाँको दुग्ध उद्योगमा मासिक रु आठ लाखसम्म आम्दानी गर्नुहुन्थ्यो । अष्ट्रेलियाको वाल्चा डेरी फार्ममा काम गर्दा बचत गरेको पैसाले उहाँहरूले चितवनको माडी नगरपालिकास्थित वडा नं १ पाण्डवनगरमा सोही डेरीको सिको गर्दै गाई फार्म सञ्चालनमा ल्याउन लाग्नुभएको छ । अहिले रु ३६ करोडको लगानीमा गाई फार्मलाई आवश्यक पर्ने भौतिक संरचना निर्माण तथा घाँस खेती शुरु गरिएको छ । 

 

फार्मका सञ्चालक केसीका अनुसार अष्ट्रेलियाली प्रविधिको उपकरणसहित आधुनिक फार्म निर्माण गर्ने कामलाई अगाडि बढाइएको छ । उहाँले भन्नुभयो, “अष्ट्रेलियाको हावापानी नेपालसँग मिल्दोजुल्दो छ । वाल्चा गाई फार्मकै सिको गर्दै माडीमा फार्म बनाउन लागेका छौँ ।” 

 

केसीका अनुसार नेपालमा अहिलेसम्म अष्ट्रेलियन प्रविधिमा आधुनिक गाई फार्म सञ्चालनमा आएको छैन । फार्मले माडी नगरपालिका–१ पाण्डवनगरस्थित रिउखोलाको तिरमा स्थानीय व्यक्ति र स्थानीय सरकारको संरक्षणको ५०० हेक्टर उपयोगविहीन जमीनमा ‘साइलेज’ उत्पादन गर्न ३० वर्षका लागि नगरपालिकासँग सम्झौता गरेको छ । 

 

नेपालमा पाइने होलिस्टेन फ्रिजियन जातको गाईका २०० बाछी चितवन, नवलपरासी, रुपन्देही, मकवानपुरका व्यावसायिक गाई फार्मबाट खरिद गर्ने सञ्चालक केसीले जानकारी दिनुभयो । फार्मले ५०० स्थानीयवासीलाई रोजगारी दिने गाई फार्मका अर्का सञ्चालक सागर बगालेले बताउनुभयोे । 

 

उत्पादित दूधलाई आफ्नै फ्याक्ट्रीमा दूधजन्य परिकार बनाइने छ । माडीका अन्य कृषकको दूध पनि फार्मले खरिद गर्छ, सञ्चालक केसीले भन्नुभयो, “दूधका परिकारलाई देशमा मुख्य शहरमा निर्यात गर्छौ । यसले विदेशी दूधजन्य परिकारको आयतलाई कम गर्ने छ ।” 

 

माडीलाई कृषि र पर्यटनमा व्यवस्थित गर्न अघि बढेका छौँ, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले भन्नुभयो, “उपयोगविहीन सार्वजनिक जग्गा प्रयोगमा आउनु राम्रो कुरा हो । फार्मले घाँस लगाएपछि खेती गर्न छाडेका जमीनमा स्थानीय कृषकले पुनः खेती गर्ने वातावरण बनेको छ । यसबाट माडीवासी र नगरपालिकालाई प्रत्यक्ष फाइदा पुग्छ ।” उक्त फार्मले दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको छ । 

 

माडी दूधमा आत्मनिर्भर 

छ वर्षअघि दैनिक २५० लिटर दूध उत्पादन हुने यहाँ हाल दैनिक पाँच हजार दूध उत्पादन हुन्छ । नेपाल दुग्ध विकास संस्थान ९डिडीसी० ले छ वर्षदेखि दूध खरिद गर्न थालेकाले यहाँका कृषकले व्यावसायिक रुपमा गाई, भैँसी पाल्न थालेका थिए । व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजका अध्यक्ष सूर्य भुसालका अनुसार ३५ भन्दा बढी कृषकले व्यावसायिक रुपमा गाई र भैँसीपालन गर्ने गरेका छन् । उत्पादित दूधलाई भण्डारण गर्न माडी–१ र ७ मा एक/एक चिस्यान केन्द्र छन् । 

 

“माडीमा सात वर्षअघि व्यावसायिक गाई तथा भैँसीपालक कृषक थिएनन्,” अध्यक्ष भुसालले भन्नुभयो, “दुई वर्षदेखि व्यावसायिक गाई तथा भैँसीपालन शुरु भएको हो । अहिले एक जनाले ५० सम्म गाई, भैँसी पालेका छन् ।” 

 

यहाँबाट दैनिक पाँच हजार लिटर बजारमा खपत हुन्छ । चार हजार लिटर दूध डिडीसीले खरिद गर्छ भने बाँकी एक हजार लिटर दूध स्थानीय बजारमै बिक्री हुन्छ । कृषकले दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले उनन्त जातका गाई तथा भैँसी पाल्न थालेका जानकारी दिँदै अध्यक्ष भुसालले भन्नुभयो, “डिडीसीले विभिन्न सङ्घसंस्थाका १२ सङ्कलन केन्द्रमार्फत दूध खरिद गर्छ । नगरपालिकाले यस वर्षदेखि डिडीसीमा दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर रु तीनको दरले अनुदान दिने व्यवस्था गरेको छ ।” 

 

नगरपालिकाले दूध उत्पादक कृषकलाई प्रोत्साहित गर्न कृषि विकास बैंकसँगको सहकार्यमा साढे चार प्रतिशतका दरले रु ११ करोड सहुलियत कर्जाको पनि व्यवस्था गरेको छ । चितवन देशकै धेरै दूध उत्पादन गर्ने दोस्रो जिल्ला हो । हाल यहाँ दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement