Advertisement
Advertisement
Advertisement
Advertisement

थारूबस्तीमा माघीको रौनक

  |      12:09:00   |  
वेब तस्विर
वेब तस्विर

थारूबस्तीमा माघीको रौनक


–नारायणी रजौरे 

पुस २५, दाङ । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि 
मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा पारिएको छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारू बस्तीको हो । थारू जातिको महान् पर्व माघीको रौनक अहिले रजौराको थारू बस्तीमा मात्र होइनु जिल्लाका अधिकांश थारू बस्ती देख्न पाइन्छ । थारू बस्तीमा माघी आउन अब एक हप्ता मात्र बाँकी छ । यहाँका थारू समुदायको बस्तीमा महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन् । पुरुष सुँगुरको मासु काट्नेदेखि लिएर अन्य काममा व्यस्त छन् भने महिला रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुना टपरी खुट्नमै व्यस्त छन् । 

 

अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघी अघि नै सुँगुर काट्ने, रोटी पकाउनेलगायत काम गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका–६ रजौराका ५५ वर्षीय ज्ञानसिंह चौधरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफूहरुको संस्कृतिअनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी छँदा गरिन्छ भने माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका काम एक हप्ता अगाडिबाटै गर्न थालिन्छ ।” मङ्गलबार तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारू गाउँमा सुँगुर घरघरमा बाँधेका देखिन्थे भने महिला दुना टपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्थे । उनीहरुले माघीमा जाँड र मासु खानका लागि दुना टपरी बनाउन लागेको बताए । घर आँगनमा बसेर दुना टपरी बनाउँदै गरेकी ४० वर्षीया बुझौनी चौधरीले भन्नुभयो, “माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो बनाउन लागेकी हुँ ।” 

 

तुलसीपुरको रजौरा बस्तीमा मात्र होइन यहाँका अन्य थारू बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ कपडादेवीकी ६० वर्षीया मनराखी चौधरी माघीका लागि दुना टपरी बनाउनमै व्यस्त हुनुहुन्छ । आफ्ना बुहारीसँगै बसेर दुना टपरी बनाउनमै व्यस्त रहनुभएकी मनराखीले माघीमा खानेकुरा दुनाटपरीमै राखेर दिने चलन रहेको बताउनुभयो । 
तुलसीपुर उपमहानगरपालिका–१५ का ४५ वर्षीया शान्ति चौधरी माघीका लागि अचार बनाउनमै ब्यस्त हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “एक महीना अगाडिदेखि नै पात र दाउराको जोहो गरेकी हुँ ।” मुला, अदुवा र टमाटर मिलाएर अचार बनाउँदै गर्नुभएकी शाान्तिले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिकरी भने माघी आउन एक दिन बाँकी रहँदा मात्र बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “चामलको पिठो, घर लिपपोत, मासुको जोहो गरिसक्याँै, अब गाउँका दिदीबहिनीसँग माछा मार्न जाने सल्लाह भइसकेको छ ।” माघीमा माछा मार्ने प्रचलन रहेकाले आफूहरु बबई नदी जाने तयारीमा रहेको उहाँको भनाइ थियो । बबई नदीमा माछा मार्दै गरेकी तुलसीपुर उपमहानगरपालिका–१७ का ५५ वर्षीया लीला चौधरीले भन्नुभयो, “माछा मार्न गाउँका सबै मिलेर यहाँ आएका छौँ ।” 

 

थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । घर घरमा सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मरना दिनु’ भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी ९पिठोको परिकार०, माछालगायतको परिकार बनाएर जाँड, रक्सीका साथ खानपिन गरेर रातभर नाचगान गर्ने गरिन्छ । यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोला, तलाउ, पोखरीमा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरीचेलीलाई टीका लगाइदिने चलन छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement