Advertisement
Advertisement
Advertisement
Advertisement

हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार

  |      11:09:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २०, सोलुखुम्बु ।   सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका वडा नं ३ की डोमा राईको आज हेलिकप्टरमार्फत उद्धार गरिएको हो । लामो समयदेखि प्र्रसव बेथा लागेकी राईलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगेको छ । डोमाले शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरी छोरालाई जन्म दिनुभएको छिमेकी एवं युवा सङ्घ नेपालका केन्द्रीय सदस्य भद्रगोल किराँतीले जानकारी दिनुभयो ।  उहाँका अनुसार गर्भवती महिलालाई बिहान ११ बजे उद्धार गरिएको हो । दुई दिनसम्म प्रसव बेथा लगेर प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टरले सुत्केरी गराउन गरिएको प्रयास सफल नभएपछि पठाइएको बताइएको छ ।  गत मङ्सिर २० गते सोताङ गाउँपालिका तीनकै गर्भवती महिला पार्वती बस्नेतकोसमेत उद्धार गरिएको थियो । घरआँगन नामक संस्थाका अध्यक्ष दीपक सिलवालका अनुसार विभिन्न जिल्लाका सात जना गर्भवती महिलालाई उद्धार गरिसकिएको छ । 

 

एक्काइस प्रतिशत महिला बीस वर्षभन्दा कम उमेरमै आमा: 

सोलुखुम्बुमा आर्थिक वर्ष २०७४/२०७५ जिल्ला अस्पतालमा आएर आमा बन्ने महिलामध्ये करीब २१ प्रतिशत २० वर्षभन्दा कम उमेरमा आमा बन्ने गरेका छन् । सोलुखुम्बु जिल्ला अस्पतालको प्रसूतिगृहमा प्रसूति गराउन आएका महिलामध्ये २१ प्रतिशत २० वर्ष नपुगेरै आमा बन्ने गरेको चिकित्सकको भनाइ छ । २०२ जना आमामध्ये ६१ महिलाले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माएका छन् । जम्मा ३०२ जनामध्ये ४१ जनाको शल्यक्रिया गरेर बच्चा जन्माएका र बाँकी २६३ जनाको सामान्य तरिकाबाट बच्चा जन्माएको जिल्ला अस्पताल फाप्लुका सूचना अधिकारी सानी शेर्पाले बताउनुभयो । 

 

छ गर्भवती महिलाको ज्यान गयो :

गत आर्थिक वर्ष २०७४/०७५ मा सोलुखुम्बुमा छ जना गर्भवती महिलाले ज्यान गुमाएका छन् । छेस्काम पेल्माककी ३२ वर्षीया महिला र देउसा चेराखुकी १८ वर्षीया महिलाको शाल अडकिएर तथा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । त्यसैगरी टाक्सिन्दु रिङमुकी ५० वर्षीय महिला र देउसा गैरीगाउँकी १८ वर्षीया महिलाकोे अत्यधिक रक्तस्रावका कारण ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै काँकु नामकी २४ वर्षीया महिला र देउसा रनेमकी ३० वर्षीया अर्की महिलासहित गत वर्षमा छ जनाको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । उनीहरुमध्ये चारको स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच नगराउनु वा अस्पतालमा प्रसूति नगराउनु मुख्य कारण रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर मिङ्मार ग्याल्जेन शेर्पाले बताउनुभयो । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement