Advertisement
Advertisement
Advertisement
Advertisement

केन्द्रद्वारा वृद्धवृद्धा तथा बालबालिकाको उद्धार शुरु

  |      13:41:00   |  
वेब तस्विर
वेब तस्विर

 पुस १५, नेपालगञ्ज ।   बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा रहेका असहाय वृद्धवृद्धा तथा बालबालिकाको उद्धार शुरु गरिएको छ । नेपालगञ्जस्थित नीलसागर वृद्ध तथा असहाय सेवा केन्द्रले कोहलपुर क्षेत्रको फुटपाथमा रहेका, माग्दै हिँड्ने वृद्धवृद्धा तथा बालबालिकाको हिजोदेखि उद्धार शुरु गरेको हो । एक साताभित्र सबैको उद्धार गरी सक्ने केन्द्रका सचिव नारायण सुवेदीले बताउनुभयो । 

 

नगरपालिकाको सम्झनाचोक, मदनचोक र हवलदारपुरबाट उद्धारको काम शुरु गरिएको छ । यसअघि पनि नीलसागरले कोहलपुर क्षेत्रबाट १२ जना असहायको उद्धार गरी आश्रममा राखेको केन्द्रका अध्यक्ष सरिता खनालले बताउनुभयो । सो केन्द्रमा अहिले ४० भन्दा बढी असहाय वृद्धवृद्धा तथा बालबालिकाले आश्रय लिइरहेका छन् । 

 

यसैबीच प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नीलसागर केन्द्रको निरीक्षण गरी प्रदेश सरकारबाट हुने सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले केन्द्रको नेपालगञ्ज फुलटेक्रामा निर्माण हुने योजनाको ३० कोठे पक्की भवनका लागि प्रदेश सरकारका तर्पmबाट सहयोग गरिने आश्वासन दिनुभयो । त्यस अवसरमा केन्द्रका अध्यक्ष खनालले आश्रमबाट सञ्चालित गतिविधिका बारेमा मुख्यमन्त्री पोखरेललाई जानकारी गराउनुभएको थियो । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement