Advertisement
Advertisement
Advertisement
Advertisement

विकृतिविरुद्ध अभियान

  |      14:21:00   |  
वेब तस्विर
वेब तस्विर

 पुस ११, बागलुङ । ताराखोला गाउँपालिकाले सामाजिक विकृतिविरुद्ध अभियान थालेको छ । विकृति हटाएर सभ्य र न्यायपूर्ण समाज निर्माण गर्ने अभियानको उद्देश्य छ । सामाजिक विकृति नियन्त्रण तथा न्यूनीकरणको नीति गाउँसभाबाटै बनेको थियो । पहिलो चरणमा जनजागरणका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “ व्यापक बहस र सबै पक्षको सुझाव लिएर कार्यविधि बनाउँछौँ ।” कार्यविधिलाई कानूनकै रुप दिएर लागू गर्ने योजना गाउँपालिकाको छ । 

 

अभियानले घरेलु हिंसा, छुवाछूत, बालविवाह, बहुविवाह, लागुऔषध, जुवातासजस्ता सामाजिक अपराध र विकृति न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ । मद्यपान, धूम्रपान, भड्किलो सामाजिक व्यवहारजस्ता विकृतिजन्य कार्यलाई पनि नियन्त्रणमा लिइने अध्यक्ष घर्तीको भनाइ थियो । सरकारी संयन्त्रका साथै स्थानीय राजनीतिक दल, सामाजिक सङ्घसंस्था, विद्यालय, आमा समूह, क्लबसँगको सहकार्यमा अभियान अघि बढ्नेछ । वडा अध्यक्षको नेतृत्वमा वडा तहमा सामाजिक विकृति न्यूनीकरण संयन्त्र पनि बनाउने निर्णय भएको छ । 

 

संयन्त्रले योजना बनाएर काम अघि बढाउने वडा नं २ का अध्यक्ष भद्र घर्तीले बताउनुभयो । “जनचेतना अभिवृद्धिमा हाम्रो मुख्य जोड रहनेछ” उहाँले भन्नुभयो, “टोल, बस्तीमा पुगेर छलफल, अन्तक्र्रिया गर्छौं ।” समृद्ध गाउँपालिकाको एउटा आधार सुसंस्कृत समाज भएकाले अभियान फलदायी हुने उहाँको विश्वास छ ।गाउँपालिकाले अभियानमा व्यक्तिगत र संस्थागत साथको प्रतिबद्धता दिलाउन सार्वजनिक ‘प्रतिबद्धता पत्र’ पनि तयार गरेको छ । यही हप्ता शुरु भएको अभियान निरन्तर चल्ने जनाइएको छ । 

 

भौतिकसँगै सामाजिक विकासको पाटो पनि गाउँपालिकाको प्राथमिकता पर्नु प्रशंसनीय रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभयो । उहाँले यस्ता अभियानमा स्थानीय प्रशासन पनि सधैँ साथ रहने उल्लेख गर्नुभयो । अभियानको आदर्श वाक्य ‘सभ्य, आधुनिक र न्यायपूर्ण समाज निर्माण गरौँ, ताराखोला गाउँपालिकामा सामाजिक विकृति उन्मूलन गरौँ’ रहेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement