पुस ११, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कालीकोटमा भएको भीषण आगलागीको घटनाले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताउनुभएको छ । उहाँले आगलागीबाट सयौँ विस्थापित भएको, दर्जनौँ घाइते बन्नुपरेको र ठूलो परिमाणमा अन्नपात तथा पशुधनको क्षति भएको उल्लेख गर्दै राहत तथा उद्धारमा थप तदारुकताका साथ लाग्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । यही पुस ८ गते आगलागी हुँदा कालीकोटका पताला गाउँमा ८८ घर नष्ट भएको थियो ।