पुस ९, ललितपुर । खानेपानीमन्त्री बीना मगरले नेपाली महिलाद्वारा उत्पादित कपडा प्रवद्र्धन गर्न आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल उद्यमशील महिला महासङ्घले आइतबार यहाँ आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला, २०७५’ को समापन गर्दै उहाँले सरकारमा रहेका महिलामन्त्रीले महिला उद्यमीद्वारा उत्पादित कपडा लगाएर प्रवद्र्धन गर्ने उद्देश्य राखेको बताउनुभयो । उहाँले महिला उद्यमीका उत्पादन आधुनिक बनाउँदै जानुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो, “महिला उद्यमी उत्पादन गर्दै जानुहोस् बजारीकरणको काम गर्न हामी तयार छौँ।”
महासङ्घका अध्यक्ष देवीका बुढाथोकीले देशभरमा महिला उद्यमीको सङ्ख्या बढिरहेको बताउनुभयो । स्थानीय तहसँग सहकार्य गरेर महिला उद्यमीले थप दक्ष बन्न सक्छन् । उहाँले भन्नुभयो, “स्थानीय तहले महिला उद्यमी लक्षित कार्यक्रम गर्नुपर्छ ।”
चार दिन अघि शुरु भएको मेला आइतबार सकिएको हो । मेलामा २० हजारले यहाँ भएका स्टल अवलोकन गरेको र रु २५ लाखको कारोवार भएको महासङ्घले जनाएको छ ।
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...