Advertisement
Advertisement
Advertisement
Advertisement

दृष्टिविहीन विद्यार्थीलाई आवासीय अपाङ्गमैत्री भवन

  |      13:02:00   |  
वेब तस्विर
वेब तस्विर
पुस ५, जुम्ला । सिंजा गाउँपालिका–३ नराकोटस्थित भैरव मावि नराकोटमा निर्माणाधीन अपाङ्गमैत्री भवन निर्माणपछि दृष्टिविहीन विद्यार्थीलाई सहज हुने भएको छ । 
 
 
दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास तथा जिल्लाकै नमूना अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन नराकोटमा निर्माण भइरहेको हो । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको सहजीकरणमा भवन निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले भवन अत्यन्तै भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री भएकाले दृष्टिविहीन विद्यार्थीलाई बहुउपयोगी हुने बताउनुभयो । 
 
 
यसअघि भैरव माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई विद्यालयमै अपाङ्गमैत्री भवन नहुँदा सकस भएको थियो । उनीहरुका लागि विद्यालयदेखि झण्डै एक किलोमिटर टाढा छात्रावासको व्यवस्था गरिएको थियो । बर्खाको खोला तथा दैनिक भिरपाखामै हिँडेर दृष्टिविहीन विद्यार्थी विद्यालय आउजाउ गथ्र्ये । सधँै टाढाबाट सहयोगीको भरमा विद्यालय पुग्नु पर्ने र विद्यालयमा अपाङ्गमैत्री शौचालय तथा वातावरण नहुँदाको निकै सकस उनीहरुले भोग्दै आएका थिए । यसरी विद्यालयमा पढ्दै आएका दृष्टिविहीन विद्यार्थीलाई कुनै पनि बेला आउजाउ गर्दा चोटपटक लाग्ने वा बाटोमा कसैले हिंसात्मक गतिविधि गर्न सक्ने चिन्ता थियो, भने अर्कोतर्फ मनोबल घटेर पढाइमा समेत असर परिरहेको थियो । यही समस्यालाई मध्यनगर गर्दै नमूना अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थी निकै खुशी भएका छन् । 
 
 
भवन निर्माणमा खटिएका सिभिल इञ्जिनीयर शेरबहादुर शाहीले दृष्टिविहीन विद्यार्थीले भोग्नुपरेका यसअघिका दुःख अन्त्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भवनभित्र विद्यार्थीका लागि पर्याप्त कोठा तथा सहज एटेज बाथरुमको व्यवस्था छ, यसले गर्दा उनीहरुलाई सहज हुनुका साथै पढ्ने मनोबल बढ्ने छ ।” विद्यार्थीलाई पढाएर मात्रै नहुने भन्दै खान, बस्नको उचित व्यवस्थासहित उनीहरुको मनोबल पनि बढाउनुपर्ने उहाँको भनाइ छ । आगामी शैक्षिक शत्रदेखि दृष्टिविहीन विद्यार्थीको पढाइ गुणस्तर पनि सुध्रिने उहाँले विश्वास गर्नुभयो । विद्यालयको रेखदेख तथा समस्या समाधानमा लागि वडा पालिका तयार रहेको ३ नम्बर वडाध्यक्ष तिलाचन्द्र चौलागाईंले बताउनुभयो । रासस
 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement