Advertisement
Advertisement
Advertisement
Advertisement

‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम लागू

  |      12:44:00   |  
वेब तस्विर
वेब तस्विर

मङ्सिर २७, नवलपरासी,  पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरी आमालाई लक्षित गरी ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम लागू गरेको छ । विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रम अघि बढाइएको हो । 

 

गैँडाकोट नगर कार्यपालिकाले ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत सुत्केरी आमालाई रु तीन हजार दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले जानकारी दिनुभयो । 

 

नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र सत्केरी हुने आमालाई लक्षित गरी नीति तथा कार्यक्रममा लागू गरेको नगरपालिकाले जनाएको छ । यसका लागि सुत्केरी महिलाले पितौँजीघाट स्वास्थ्यचौकी र सहज सामुदायिक अस्पतालमा सुत्केरी गराएको हुनु पर्नेछ । 

 

गैँडाकोट नगरपालिकाभित्रका दुई स्वास्थ्य संस्थामा चार पटक गर्भ परीक्षण र सुत्केरी भइसकेपछि तीन पटक स्वास्थ्य परीक्षण गराएका सुत्केरी आमाले सो सेवा प्राप्त गर्ने उपप्रमुख कँडेलको भनाइ छ । 

 

कँडेलका अनुसार यो सुविधाका लागि गैँडाकोट नगरभित्र बसोबास गरेका आमाले मात्र यो सुविधा प्राप्त गर्न सक्ने छन् । सो कार्यक्रम लागूपश्चात् गँैडाकोट नगरपालिकाले महिलाको पोषण अवस्थाको सुधार आउने विश्वास लिएको छ । 

कार्यक्रमबाट विपन्न समुदायका आमा लाभान्वित हुने गैँडाकोट नगर स्वास्थ्य शाखा संयोजक इन्द्रकराज शर्माले बताउनुभयो । शर्माका अनुसार यस कार्यक्रमले आमाको पोषिलो खाना उपलब्ध हुने जसका कारण बच्चाको पनि पोषणमा सहयोग पुग्ने बताउनुभयो । 

 

यसका साथै गैँडाकोट नगरपालिकाले तोकेको दुई संस्थाले आवश्यक उपचारका लागि अन्य अस्पतालमा रिफर गरेका आमाले पनि यो सुविधा प्राप्त गर्न सक्ने उपप्रमुख कँडेलको भनाइ छ । 

 

गैँडाकोट नगरपालिकाभित्र चालू आव ०७५÷०७६ को कात्तिक मसान्तसम्म पितौजी घाट स्वास्थ्यचौकीमा ७० र सहज सामुदायिक अस्पतालमा तीन जना सुरक्षित सुत्केरी भएका छन् । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement