Advertisement
Advertisement
Advertisement
Advertisement

‘सातै प्रदेशमा हिंसापीडित महिलाका लागि आश्रयस्थल’

  |      12:36:00   |  
‘सातै प्रदेशमा हिंसापीडित महिलाका लागि आश्रयस्थल’


माघ २४, काठमाडौं । हिंसापीडित महिलाका सातै प्रदेशमा स्थापना गरिने भनिएको आवासगृह निर्माण कार्य के हुँदैछ ?प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसद सरिता न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालाई सो प्रश्न गर्नुभयो । 

 

सांसद न्यौपानेको प्रश्नको जवाफमा मन्त्री थापाले सात वटै प्रदेशमा हिंसापीडित महिलाका लागि आवासगृह निर्माणको काम शुरु भएको जानकारी दिनुभयो । उहाँले काठमाडौँको सिफलमा केन्द्रीय रुपमा आश्रयस्थल निर्माण भई सञ्चालनमा आइसकेको उल्लेख गर्दै प्रदेश नं १ का विराटनगरमा अमेरिकी दूतावासको सहयोगमा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । 

 

उहाँले भवन निर्माण सम्पन्न भए पनि हस्तान्तरणको प्रक्रिया बाँकी रहेकाले केही समयभित्रै सो भवन नेपाल सरकारको स्वामित्वमा आउने र प्रदेश सरकारको समन्वयनमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ भन्नुभयो । मन्त्री थापाका अनुसार प्रदेश नं ३ को सिन्धुपाल्चोकमा आवासगृह निर्माण जारी रहेको सदनलाई जानकारी दिनुभयो । 

 

यस्तै प्रदेश नं ५ को बर्दियामा पुनः स्थापना केन्द्रमा हिंसापीडित महिला बसिराखेको भन्दै मन्त्री थापाले निकट भविष्यमा नै सातवटै प्रदेशमा पुनः स्थापना गृह निर्माण भई सञ्चालनमा आउने बताउनुभयो । 

 

उहाँले चालू आवको बजेटमा व्यवस्था भएको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मा विनियोजन भएको रु ७० लाख खर्च गर्ने योजना तय गरिएको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश सरकारसँग समन्वय गरेर पनि केही स्थानमा आवासगृह निर्माण हुने जानकारी दिनुभयो। 

 

अल्पकालीन आश्रयस्थल मुलुकका विभिन्न १७ जिल्लामा सञ्चालन भइरहेको छ । अल्पकालीन सेवा केन्द्रमा हिंसा प्रभावित महिलालाई उपचार गर्नुपर्ने, समस्यामा परेकालाई आश्रय दिने तथा मनोसामाजिक परामर्श र सीप विकास कार्यक्रम अगाडि बढेको मन्त्री थापाको भनाइ छ । 

 

यस्तै मुलुकका २५ जिल्लामा हिंसापीडित महिलाका लागि दीर्घकालीन सेवा दिने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाउन खोजिए पनि बजेट अभाव रहेको गुनासो गर्नुभयो । विगतमा ७७ जिल्लामा महिला विकास शाखा कार्यालय भए पनि स्थानीय तहमा हस्तान्तरण भएपछि महिला विकास कार्यक्रम सञ्चालन गर्न केही समस्या भएको स्वीकार गर्दै मन्त्री थापाले त्यस्तो समस्या समाधानका लागि कार्यनीति बनाएर काम गर्ने योजना अगाडि बढाइएको जानकारी दिनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement