Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीमतीले उजुरी गर्दा कारवाहीमा परेंँ

  |      14:34:00   |  
वेब तस्विर
वेब तस्विर

–होम साउद 

फागुन ७, अछाम । मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उहाँकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गर्नुभयो । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले रु तीन हजार जरिवाना तिर्नुभयो । आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि मदिरा सेवन गर्न छाडिदिएको हर्क बताउँछन् । 

 

 

कारवाही पर्नुअघि दिनभर मदिरामा लठ्ठिरहने उहाँ दुई महीनायता घरायसी र बाह्य काममा समेत सक्रिय हुनुहुन्छ । “मदिराकै कारण श्रीमतीले उजुरी गरेर मलाई बेइज्जत गराइन्, स्वास्थ्यमा पनि समस्या हुने, आर्थिकरूपमा पनि एक वर्षको अवधिमा रु एक लाख ४० हजार मदिरामै सकियो होला”, रानाले भन्नुभयो, “अब त मदिरा सेवन गर्दिनँ ।” आफूले रक्सी छाडेपछि श्रीमती, छोराछोरी र समाजले पनि खुशी मनाएको उहाँको भनाइ छ । राना थप्नुहुन्छ, “श्रीमतीको उजुरीपछि कारवाहीमा परेँ, सामाजिकरूपमा बदनाम भयो, अब कहिल्यै मदिरा सेवन गर्दिनँ ।” 

 

 

मदिराले सामाजिक, आर्थिक, शारीरिक र मानसिक विकासमा बाधा पु¥याइरहेको भन्दै मङ्गलसैननगर र वडा नं १ कार्यालयले मदिरा व्यवस्थापनमा कडाइ गरेपछि महिला सबैभन्दा बढी खुशी छन् । घरायसी कामको बोझ, आर्थिक समस्या, त्यसमाथि हरेक पुरुषले मदिरा सेवन गरेर तनाव दिँदा आजित महिलाले मदिरा व्यवस्थापन मात्रै नभई मदिरा बन्द गर्नुपर्ने माग गरिरहेका छन् । 

 

 

नगरपालिकाले नगर क्षेत्रभित्र बिहान सूर्योदयदेखि बेलुका सूर्यास्त नहँुदासम्म मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध गर्ने निर्णय गरेमुताविक वडाले निर्णयलाई कडाइका साथ कार्यान्वयन गरेपछि मदिरा व्यवस्थापन कार्य प्रभावकारी भएको छ । 

 

 

नगरपालिकाका १४ वटै वडामध्ये वडा नं १ ले मदिरा व्यवस्थापनमा नमूना काम गरेको भन्दै वडाका सरोकारवाला पनि खुशी छन् । स्थानीय समाजसेवी रामराजनाथ भन्नुहुन्छ “मदिराले अस्तव्यस्त भइरहेको समाजलाई मदिरा सेवन तथा बिक्रीको समय निर्धारण गरी व्यवस्थापन गर्दा पनि निकै फाइदा भएको छ, अब मदिरारहित समाज बनाउन सबै लाग्नुपर्छ ।” 

 

 

वडा कार्यालयले सञ्चालन गरेको मदिरा व्यवस्थापन अभियानमा करीब एक वर्षको अवधिमा ३९ कारवाहीमा परेका छन् । तोकिएको समयभन्दा अन्य समयमा मदिरा सेवन तथा बिक्रीवितरण गर्ने उनीहरुलाई कारवाही गरी जरिवानावापत रु ४५ हजार ५०० राजश्व सङ्कलनसमेत वडाले गरेको छ । कारवाहीमा परेका अन्य ११ बाट अझै रु १८ हजार असुली गर्न बाँकी रहेको वडा सदस्य पूर्णबहादुर रानाले जानकारी दिनुभयो । वडाले चलाएको मदिराविरुद्धको अभियानलाई स्थानीय महिला तथा सरोकारवालाले महत्वपूर्ण साथ दिएको उहाँको भनाइ छ । 

 

 

वडाले बिहानदेखि बेलुकासम्म मदिरा सेवन गर्न नपाउने नियम बनाएपछि पुरुषहरू सुध्रिएको महिलाको भनाइ छ । महिला स्वयंसेविकासमेत रहनुभएकी मोती साउदले मदिरा सम्पूर्णरूपमा बन्द हुनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “मदिराले धेरैलाई घरबारविहीन बनाइसक्यो, हाम्रो दुस्मन भनेको नै रक्सी हो, त्यसैले सरकारले पनि यसलाई बन्द गराउनुपर्छ ।” मङ्गलसैन–१ मा मदिरा व्यवस्थापनकार्य प्रभावकारी देखिएपछि अब मदिरामुक्त वडा बनाउने अभियानमा लाग्नुपर्ने आवाजसमेत उठ्न थालेको छ । वडालाई मदिरामुक्त बनाएर समृद्ध र नमूना बनाउने अभियानमा आफू लागेको बताउँदै वडाध्यक्ष गोपाल थापाले यस कार्यमा सबैको साथ चाहिने बताउनुभयो । 

 

 

वडा नं १ ले मदिरा व्यवस्थापन कार्यलाई सहज ढङ्गले सफल बनाएकामा खुशी व्यक्त गर्दै मङ्गलसैन–३ का अध्यक्ष पदमसिंह भाटले यसको सिको अन्य वडाले पनि गर्न जरुरी रहेको बताउनुभयो । वडा नं १ ले गरेको राम्रो कार्यका कारण नगरका अन्य वडाध्यक्षलाई पनि सक्रिय बन्न प्रेरणा मिलेको अध्यक्ष भाटको भनाइ छ । वडा नं २ का अध्यक्ष मानबहादुर बोगटीले नगरको समग्र विकासका लागि मदिरा नियन्त्रण पहिलो चुनौती रहेको भन्दै आफूहरु सामुहिक रूपमा मदिराविरुद्ध लागिरहेको बताउनुभयो ।

 

 

नगरपालिका प्रमुख पदमबहादुर बोहराले जस्तोसुकै चुनौती आइलागे पनि मदिरा व्यवस्थापन गरेरै छाड्ने बताउनुभयो । मदिरा व्यवस्थापनका लागि कानूनले तोकेको समयावधि र सार्वजनिकस्थलबाट २०० मिटर टाढामात्रै बिक्री तथा सेवन गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने नगरप्रमुख बोहराको भनाइ थियो । उहाँले भन्नुभयो, “नगरको १ नं वडामा मदिराको प्रभावकारी व्यवस्थापन भएको छ, अब अन्य वडा र मङ्गलसैन बजारमा पनि मदिरा व्यवस्थापन गरिन्छ, समाजको दुस्मनका रूपमा रहेको मदिराले धेरै युवालाई बर्बाद बनाइरहेकाले मदिरालाई हामीले त्याग्नै पर्छ ।”

 

 

नगरपालिकाले युवालाई व्यावसायिक सीप विकासमा अग्रसर गराउँदै कृषि उत्पादन, फलफूल खेती, पशुपालन र उद्यमशील कार्यमा लगाउने लक्ष्य राखेको छ । नगरवासीलाई आयआर्जनका क्रियाकलापमा सक्रिय गराई आत्मनिर्भर बनाएर समृद्ध नगर बनाउन आफू प्रयत्नशील रहेको भन्दै नगरप्रमुख बोहराले त्यसका लागि मदिरालगायत सामाजिक विकृति विसङ्गतिको अन्त्य जरुरी बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement