Advertisement
Advertisement
Advertisement
Advertisement

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै

  |      15:24:00   |  
वेब तस्विर
वेब तस्विर

►वीरेन्द्र कर्ण 

फागुन १६, वीरगञ्ज । पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहुँचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग दिनभरि बाख्रा चराउने, मेलापात गर्ने गरेकी उनमा एक्कासि पढ्ने जाँगर आएपछि बबुनीले आफ्नी आमा जगमतीदेवी रामसँग आफू पनि पढ्ने जिद्दी गरिन् । बाध्य भएर जगमतीले नजिकैको दलित प्राथमिक विद्यालयमा उनलाई भर्ना गराउनुभयो । 


बबुनीलाई पढ्ने हौसला दिलाइदिएको हो प्रदेश नं २ को सरकारले ल्याएको प्रभावकारी कार्यक्रम ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमले । यो कार्यक्रमले बबुनी मात्र होइन पश्चिमी पर्साको ग्रामीण क्षेत्रका अधिकांश छात्रा यो कार्यक्रमबाट आकर्षित भएकाले सामुदायिक विद्यालयमा छात्राको सङ्ख्या बढ्दै गएको हो । 


सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित दलित प्राथमिक विद्यालयमा बाल कक्षादेखि ५ कक्षासम्मको पठनपाठन हुँदै आएको छ । दुईसय २१ विद्यार्थीमध्ये ११२ दलित छात्रा नै छन् । चमार, मुसहर, मुस्लिम, कानु, समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा चमार जातिका छात्राको सङ्ख्या बढी छ । 


प्रदेश नं २ को सरकारले ल्याएको ‘बेटी बचाउ बेटी–पढाउ’ कार्यक्रमकै प्रभावका कारण विद्यालयमा छोराभन्दा छोरीको सङ्ख्या बढ्दै गएको हो । महुवनस्थित दलित प्राथमिक विद्यालयका प्रधानाध्यापक जदुप्रसाद साहले राससलाई भन्नुभयो, “३ देखि १३ वर्ष उमेरसम्मका विद्यार्थी रहेको यो विद्यालयमा छात्राको सङ्ख्या बढ्दै गएकाले कक्षाकोठाको अभाव भएको छ ।” 


शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कअनुसार जिल्लामा रहेको सामुदायिक विद्यालयमा छात्रभन्दा १० प्रतिशत बढी छात्रा छन् । जिल्लाका १ देखि १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ९५ हजार २३६ विद्यार्थी रहेकामा सोमध्ये छात्राको सङ्ख्या ५२ हजार ४६७ छ भने छात्रको सङ्ख्या ४२ हजार ७६६ छ । 


“दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचनपछि गठन भएको प्रदेश सरकारले ल्याएको योजनामध्ये यो योजना प्रदेश नं २ मा प्रभावकारी बन्दै गएका कारण यहाँका सामुदायिक विद्यालयमा छात्राको सङ्ख्या बढ्दै गएको हो”, सखुवाप्रसौनी गाउँपालिका–५ महुवनका समाजसेवी कमलेशप्रसाद कलवार भन्नुहुन्छ । 


पश्चिमी पर्साको भारतीय सीमा सिक्टासँग जोडिएको छिपहरमाई गाउँपालिका– ५ भिस्वा बजारमा रहेको मङ्गल माविमा कक्षा १ देखि कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा करीब एक हजार २०० विद्यार्थी रहेकामा ६० प्रतिशत छात्राको सङ्ख्या छ । “सामुदायिक विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या बढ्नाको कारण बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमको प्रभावकारिता नै भएको प्रधानाध्यापक शिवशङ्कर सिंहको भनाइ छ ।


“विगतमा चेतनाको अभाव, छोरीलाई पढाउनु हुन्न भन्ने सोच तथा छोरीप्रति गरिने भेदभावका कारण कतिपय अभिभावकले आफ्ना छोरीलाई शिक्षाको अबसरबाट बञ्चित गराउँथे”, वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका बुद्धिजीवी शेषमन पण्डित भन्नुहुन्छ, “ देश सङ्घीयतामा गइसकेपछि र प्रदेश सरकारले ल्याएको ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमको प्रभावले अहिले सबैले छोरीलाई पढाउन थालेका हुन् ।” 


सामुदायिक विद्यालयमा स्थानीय सरकारले निःशुल्क शिक्षा दिनाका साथै खाजा दिने र छात्रवृत्तिसमेत दिने गरेकाले छात्राको शिक्षाप्रति आकर्षण बढ्दै गएको सम्बन्धित निकायको भनाइ छ । छोरालाई निजी विद्यालयमा पढाउने तर छोरीलाई पढाउँदा बढी दाइजो दिनुपर्ने सङ्कीर्ण मानसिकताले ग्रस्त समाजले छोरीलाई पढाउनबाट हिचकिचाउने गरेकामा अहिले छोरी शिक्षाप्रति आकर्षण हुनु चेतनाकै प्रभाव भएको शिक्षाविद्को भनाइ छ । पर्सामा ३६३ सामुदायिक छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement