Advertisement
Advertisement
Advertisement
Advertisement

‘बरु यतै मागेर खान्छु’

  |      12:09:00   |  
वेब तस्विर
वेब तस्विर

– नारायण ढुङ्गाना 

पुस २५, काठमाडौँ ।  “हैन म जान्नँ, म यही बस्छु, बरु यतै मागेर खान्छु, मलाई यही तातो छ”, जाडोको मौसममा भद्रकाली मन्दिरको चिसो सिँडीमा सुतिरहेकी एक महिलाले धाराप्रवाह रुपमा भन्नुभयो । नक्साल महादेवस्थान नजिकै सानो गल्लीमा सिरक बेरेर बसिरहेको अवस्थामा उहाँ भेटिनुभयो । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जाउँ हाम्रो घर भन्दा उहाँले मान्नुभएन । “म जान्नँ, मेरो आफ्नै घर छ, भोलि बिहान जान्छु,” ती महिलाले भन्नुभयो । उहाँले नटेरेपछि महिला प्रहरीले उहाँलाई जबर्जस्ती उठाएर लैजानुभयो । 

 

काठमाडौँको सङ्कटामा भेटिएकी अर्की महिलाले पनि सडकमै राम्रो भएको र यही मागेर खाने बताउनुभयो । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले ‘मन नलागे भोलि आउनुहोला, आजचाहिँ जाउँ है’ भनेपछि अर्को दिन फर्कने शर्तमा उहाँ गाडीमा बस्नुभयो । म्याग्दी बेनीका सुवास सापकोटा मङ्गलबार राति सडकमा भेटिनुभयो । प्रहरीले फेला पारेर उद्धार गरिएका सापकोटा फाटेको लुगामा हुनुहुन्थ्यो । काम खोज्दा कसैले नदिएपछि सडकमा बस्न बाध्य भएको उहाँले दुखेसो पोख्नुभयो । यी विभिन्न उदाहरण हुन् । यसरी सडक, तथा मन्दिरका पेटीमा सुत्नेको सङ्ख्या काठमाडौँमा अत्यधिक छ । सडकमा यसरी रात बिताउँदै आएकाहरु सहजरूपमा सडक छाडेर जानै मान्दैनन् । चिसोका कारण काठमाडौँमा दुई जनाको अकालमा ज्यान गइसकेको छ । महानगरीय प्रहरी परिसरका अनुसार चिसोका कारण उनीहरुको स्वास्थ्य जोखिममा पर्ने भएकाले पनि सबै क्षेत्रका प्रहरीलाई असक्तहरुको अवस्थामा ध्यान दिन भनिएको छ । सडकमा बस्नेहरु सहजै जान नमान्ने भएकाले उनीहरुलाई जबर्जस्ती उठाउनुपर्ने अवस्था रहेको मानवसेवा आश्रम प्रदेश नं ३ का संयोजक सुमन बर्तौला बताउनुहुन्छ । 

 

कतिपय अवस्थामा आश्रममा स्वयंसेवीले उठाउनै नसक्दा सडकमै छाड्नुपर्ने अवस्था रहेको अनुभव उहाँसँग छ । सडकमा जीवन गुजार्नुपर्ने बाध्यताको अन्त्यका लागि अहिले काठमाडौँमा सञ्चालन गरिएको अभियान मङ्गलबार राति पनि जारी रह्यो । मानवसेवा आश्रम, प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषलगायत सङ्घसंस्थाको सहकार्यमा सञ्चालन भएको उक्त अभियानका क्रममा गए राति मात्रै १३ जनाको उद्धार गरी आश्रममा राखिएको छ । यसअघि सोमबार राति उद्धार गरिएका ५० जनालाई पनि आश्रममै राखिएको छ । पछिल्लो एक सातामै सडकबाट ८० जनाको उद्धार भइसकेको छ । सडकमा अझ धेरै अलपत्र रहेकाले उनीहरुको व्यवस्थापनमा भने चुनौती थपिएको छ । सडकमा कतिपय वास्तविक पीडित भेटिएका छन् । धेरैजसो माग्ने पेशा बनाउनेहरु रहेकाले उनीहरुलाई सडकमै आउन नपाउने व्यवस्था गर्न जरुरी देखिन्छ । 

 

महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानवसेवा आश्रमले लामो समयदेखि अभियान नै चलाएको छ । सडकमा असहाय असक्त निकै कम भए पनि पेशा बनाएर बस्ने धेरै रहेको कोषका सदस्यसचिव डा ढकाल बताउनुहुन्छ । घरायसी झगडा, हिंसालगायत आफैँ बिरक्तिएरसमेत वृद्धवृद्धा सडकमा आइपुगेका छन् । मानसिक सन्तुलन गुमाएका पनि सडकमै पुग्ने गरेका छन् । कतिपयचाहिँ माग्ने पेशा बनाएर सडकमा आएका छन् भने कतिपयलाई माग्न लगाएर पेशा गर्ने पनि छन् । आश्रमले मागेरसमेत खान नसक्ने र मानसिक सन्तुलन गुमाएकालाई उद्धार गरी संरक्षण दिँदै आएको छ । “अन्य व्यक्तिलाई राख्न सक्ने अवस्था छैन,” बर्तौला बताउनुहुन्छ । माग्ने पेशा बनाएकालाई भने सडकबाट निरुत्साहित गर्नुपर्नेमा उहाँको जोड छ । महानगरीय प्रहरी परिसरका प्रमुख वसन्त लामा विभिन्न आश्रममा समन्वय गरेर सडकमा रात बिताउन बाध्य भएकाको उद्धार गरिने बताउनुहुन्छ । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement