Advertisement
Advertisement
Advertisement
Advertisement

‘पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने’

  |      11:27:00   |  
वेब तस्विर
वेब तस्विर

’पुस १०, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने बताउनुभएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति ९रासस० कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको आज वीरेन्द्रनगरमा समापन गर्दै मुख्यमन्त्री शाहीले अब कर्णाली प्रदेशमा राससको आफ्नै कार्यालय भवन निर्माण गरिने बताउनुभयो । उहाँले कर्णाली प्रदेश सरकार पत्रकारिता क्षेत्रको विकासका लागि रासससँग समन्वय र सहकार्य गरी अघि बढ्ने बताउनुभयो । 

 

सरकारी सञ्चारमाध्यम र राससको समयानुकूल विकास गर्न कर्णाली प्रदेश सरकारले विशेष प्राथमिकता दिने मुख्यमन्त्री शाहीले बताउनुभयो । “पत्रकारितामा धतुरो छर्ने तर बास्मती चामलको कल्पना गर्ने होइन, समाजलाई सभ्य र जीवन बनाउने प्रकारका समाचार वा काममा लाग्नुपर्छ”, उहाँले भन्नुभयो । कर्णाली स्वर्ग हो र यहाँ नजाँदा जीवन अधुरो हुन्छ भन्ने कुरा बुझाउन तथा यहाँको समृद्धिका लागि सञ्चारमाध्यम लागिपर्नुपर्ने आवश्यक रहेको शाहीले बताउनुभयो । 

 

प्रशिक्षणमा कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, कालीकोट, मुगु, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र दैलेखका रासस, दैनिक पत्रिका, अनलाइन, रेडियो र टिभीका पत्रकार गरी ४४ जना सहभागी थिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement