Advertisement
Advertisement
Advertisement
Advertisement

९ महिने शिशुलाई कलेजो दान

  |      14:08:00   |  
वेब तस्विर
वेब तस्विर

माघ २०, काठमाडौं । बेनी मृत्युको मुखमा पुगेकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी ९ महिने सियाना रन्तिजालाई बेनीका चन्द्रकुमार केसीले कलेजो दान गरी नयाँ जीवन दिएका छन्। बेनी नगरपालिका–८ शिक्षामार्ग निवासी ४४ वर्षीय केसीले कलेजो रोगका कारण थलिएकी सियानालाई आफ्नो कलेजोको करिब तीस प्रतिशत भाग दान गरेका हुन्। भारतको सर गंगाराम अस्पतालमा शुक्रबार केसीले दान गरेको कलेजो रन्तिजालाई सफल प्रत्यारोपण गरिएको छ।

 

 

आमा–बुबाको कलेजो नमिलेका कारण उपचार अनिश्चित बनेकै बेला केसीले कानुनी प्रक्रिया पूरा गरी कलेजो दान गरेका म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले जनाएको छ। कोषका संस्थापक अध्यक्ष समेत रहेका केसीले दान गरेको कलेजो प्रत्यारोपण सफल भएको शनिबार बेनीमा पत्रकार सम्मेलन गरी कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिए।

 

 

‘केसीले कलेजो दान गरेपछि ९ महिने शिशुले नयाँ जीवन पाएकी छन्’, शाक्यले भने। सियानाको उपचारका लागि प्रवासका हिस्तानवासीको पहलमा ३० लाख रुपैयाँ संकलन भएको थियो। जन्मेको चार महिनामै जटिल खालको स्वास्थ्य समस्या देखिएपछि सियानालाई पोखराको मणिपाल कलेज, काठमाडौंको त्रिवि शिक्षण अस्पताल हुँदै दिल्लीसम्म पुर्‍याएर रोगको पहिचान गरिएको थियो।

 

 

कलेजो प्रत्यारोपण पछिको औषधि उपचारका लागि थप १५ लाख रुपैयाँ आवश्यक पर्ने भन्दै शिशुकी आमा रेश्माले सहयोगको अपिल गरेकी छन्। प्रवासीबाट संकलित तीस लाख रुपैयाँमध्ये १२ लाख रुपैयाँ खर्च भइसकेको छ।

 

 

ओमकुमारी शान्ति कोषले एक लाख रुपैयाँ सहयोग गरेको थियो। केसी स्वास्थ्य परीक्षणका लागि भारत आउजाउमा दुई लाख खर्च भएको अध्यक्ष शाक्यले बताए। कलेजो दान गरेका केसी बेनी अस्पताल विकास समितिको पूर्वअध्यक्ष हुन्। बेनीको माउन्ट एभरेस्ट माविका अध्यक्षसमेत रहेका केसी लायन्स क्लब अफ नेपालमा आवद्ध छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement