Advertisement
Advertisement
Advertisement
Advertisement

७९ उद्योगमाथि मुद्दा दायर

  |      12:34:00   |  
वेब तस्विर
वेब तस्विर

पुस ४, हेटौँडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ । 

 

कार्यालयका अनुसार २०७५ साउनदेखि कात्तिकसम्म विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्य वस्तुको परीक्षण गर्दा दूषित एवम् अखाद्य वस्तु मिसावट गरिएको आरोपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ । 

 

खाद्य अनुसन्धान अधिकृत आकाश काफ्लेका अनुसार बारा, पर्सा, मकवानपुर, सर्लाही, चितवन र रौतहटका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सङ्कलित नमूनामा जाँच गर्दा कमीकमजोरी पाइएकाले मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएका ७९ वटा उद्योगमा दुग्धपदार्थ, चियाकफी, तेल, घ्यू, पानी, दालदलहन तथा दानालगायतका खाद्य पदार्थ रहेको बुझिएको छ । 

 

कार्यालयले नियमित रुपमा अनुगमन, निरीक्षणका साथै चेतनामूलक कार्यक्रम गरी उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई सचेत गराउँदै आएको छ । यसैगरी सो कार्यालयले आर्थिक वर्ष २०७४०७५ मा विभिन्न ठाउँबाट सङ्कलन गरी ल्याइएको खाद्यपदार्थको जाँच गर्दा कमीकमजोरी भेटिएका वा पाइएका ११९ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठान माथि मुद्दा दायर गरेको कार्यालयबाट उपलब्ध विवरणमा उल्लेख गरिएको छ । 

 

साथै कार्यालयले सो अवधिमा अनुज्ञापत्र नवीकरणबाट रु छ लाख २४ हजार तथा अनुज्ञापत्र जारी र विविध कामबाट रु चार लाख २८ हजार राजश्व सङ्कलन गरेको बुझिएको छ । रासस

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement