Advertisement
Advertisement
Advertisement
Advertisement

६ वर्षपछि बल्खुमा महिलाको हत्या गर्ने पक्राउ

  |      13:13:00   |  
web imege
web imege

पुस ५,काठमाडौं ।  ६ वर्षपछि काठमाडौँको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा रहेका छन् ।

मुख्य योजनाकार रहेका धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ४६ वर्षीय शिवराम अधिकारी भने यसअघि नै अन्य मुद्दामा जेलमा रहेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुवैलाई बिहीबार सार्वजनिक गरेको हो ।

विश्वकर्माले शिवरामसँग मिलेर २०७४ साल पुस ३० गते काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित भुवनेश्वर मन्दिर पछाडि रहेको दह डाँडामा अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरेका थिए । कार्यालयका अनुसार मृतक अप्सरा र शिवरामको पूर्वचिनजान रहेको थियो । शिवरामले भूपू आर्मीसँग बिहे गराइदिन्छु भन्दै १५–२० हजार रुपैयाँ र गरगहना लगाई राम्री भएर आउनुभन्दै फोन गरेर बोलाएका थिए ।

माछापोखरी एरियामा तीन जनाको भेट भएपछि २–३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी उनीहरु बल्खु झरी ललितपुरको कुसुन्तीमा साँझको खाना खाई बल्खु क्षेत्रमा बसेका थिए ।

अप्सरासँग २ घण्टाजति सँगै सुतेपछि शिवरामले जगत विकलाई मान्छे हेर भनी माथि डाँडामा राखेका थिए । त्यसपछि शिवरामले आएर ढुङ्गाले अप्सराको टाउकोमा हानेका थिए । जगतले पनि अप्सरालाई दुईपटक जति ढुङ्गाले हानेको प्रहरीको भनाई छ ।

हत्यापछि अप्सराले लगाएको सुनका मुन्द्री र खल्तीमा भएको नगद ६–७ सय रुपैयाँ निकाली उनीहरू गाडी चढेर गोङ्गबुको नयाँ बासपार्कको कोपिला गेस्ट हाउसमा बसेका थिए । त्यहाँबाट उनीहरू फरार रहेका थिए ।साभार रातोपाटी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement