Advertisement
Advertisement
Advertisement
Advertisement

हेपिएको नेपाली महिला क्रिकेटरको गुनासो

  |      00:00:00   |  
वेब तस्विर
वेब तस्विर

►कुमारप्रसाद चौलागाईं 

फागुन १८, काठमाडौं ।  खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ रु एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् । 


पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा सम्बद्ध पदाधिकारीको विभेदको दृश्य हो यो । थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको उपविजेता बन्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बिहीबार अपराह्न स्वदेश फर्कियो । महिला टोली अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा न कुनै खेल पदाधिकारी विमानस्थल पुगे, न त क्रिकेटसँग सम्बद्ध व्यक्ति नै विमानस्थलमा उपस्थित थिए । 


अन्तर्राष्ट्रिय जगतमा बलियो उपस्थिति जनाउने क्रममा थाइल्याण्डमा भएको आइसिसी टी–२० विश्वकप एशिया छनोटमा उपविजेता हुँदै फर्कियो । आइसिसीकै नियमानुसार शीर्षस्थानमा रहने टोलीमात्र ग्लोबल छनोटका लागि छानिने प्रावधान रहेकाले आयोजक थाइल्याण्ड शतप्रतिशत जित निकाल्दै छनोट भएको थियो । नेपाल थाइल्याण्डसँग मात्रै पराजित भयो । जसका कारण १० अङ्क जोडे पनि छनोट नभई घर फर्कनुपरेको हो । 


प्रतियोगितामा नेपालकी रुवीना क्षेत्रीले ह्याट्रिक विकेट लिएर कुवेतविरुद्ध सनसनी प्रदर्शन गरिन् । रुवीना नेपाली महिला क्रिकेट टोलीबाट दुई पटक ह्याट्रिक लिने पहिलो खेलाडी पनि बनेकी छिन् । तर, विमानस्थलमा नेपाली महिला क्रिकेट टोलीलाई स्वागत गर्न कोही नपुग्दा खेलाडीहरु निराश देखिएका थिए । यसअघि समर्थकको पनि बाक्लो उपस्थितिले खेलाडीलाई बाहिर आउन हम्मेहम्मे पर्ने गरेकोमा बिहीबार समर्थकहरु कोही पनि विमानस्थल पुगेनन् । 


अघिल्लो महिना युएइमा सम्पन्न टि–२० र एक दिवसीय शृङ्खला जितेर स्वदेश फर्किएको राष्ट्रिय टोलीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा रातो कार्पेट नै ओच्छयाइएको थियो । खेलाडीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना पुगेर विमानस्थलमै व्यक्तिगत रु दश÷दश हजार पुरस्कार प्रदान गर्नुभयो । यसैगरी सरकारले जनही रु पाँच÷पाँच लाख दिने निर्णय गरिसकेको छ । महिला टोलीलाई भने विमानस्थलमा स्वागतसमेत गरिएन । 


थाइल्याण्डमा बुधबार सम्पन्न छनोटमा उपविजेता बने पनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । सात राष्ट्र रहभागी उक्त छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधानअनुासार आयोजक थाइल्याण्ड शीर्षस्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो । नेपाल थाइल्याण्डसँंग पराजित भए पनि अन्य पाँच खेलमा विजयी भएको थियो । 


महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले पछिल्लो दुई महीना नेपाली महिला क्रिकेट टोलीले उत्कृष्ट खेल खेलेको बताउनुभयो । दुई महीनाबीचमा महिला टोलीले खेलेका १२ मध्ये दुई खेलमा मात्र पराजय भोग्यो । आइसिसीको बरियतामा समेत नेपाल १४औँ स्थानमा रहनु नेपालका लागि उपलब्धि नै मान्नुपर्छ । 


नेपाली क्रिकेट टोलीकी कप्तान रुवीना क्षेत्रीले छोटो समयमा महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा क्षमता प्रमाणित गरेको बताउँदै विमानस्थल आइपुग्दा नरमाइलो लागेको प्रतिक्रिया दिइन् । “यस्तै हो भने नेपालमा महिला क्रिकेट पनि छ नभने पनि हुन्छ”, उनको भनाइ थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement