Advertisement
Advertisement
Advertisement
Advertisement

हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु

  |      17:04:00   |  
वेब तस्विर
वेब तस्विर

 


 मङ्सिर २७, सोलुखुम्बु जिल्लामा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ । एक जना बिरामीले उपचार गराइरहेको अस्पतालका सूचना अधिकारी सानी शेर्पाले जानकारी दिनुभयो । 

 

सोलु हेल्थकेयर सेन्टर, सोलुका डा राजेन्द्र बस्नेतका अनुसार हेपाटाइटिस ‘बी’ मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । विश्वमा ४० करोड व्यक्ति यस रोगका सिकार भइरहेको विभिन्न तथ्यहरूमा उल्लेख छ । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वालिभर क्यान्सरबाट पीडित छन् भने कसैको अकालमा मृत्यु भइरहेको छ । 

 

सन् १९८० को शुरुबाट हेपाटाइटिस ‘बी’ विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यस रोगको महामारीमा कमी आएको बताइन्छ । यो रोग संसारभर फैलिएको चिकित्सकको भनाइ छ । प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । यो रोग यौन सम्पर्क तथा रगतको माध्यमबाट सर्ने डा बस्नेतको भनाइ छ । 

 

दुई खालको हेपाटाइटिस ‘बी’ 

 

हेपाटाइटिस ‘बी’ रोग दुई किसिमको हुन्छ । डा बस्नेतले भन्नुभयो, “एक्युट र क्रोनिक एक्युट हेपाटाइटिस ‘बी’को ६५ प्रतिशत सङ्क्रमण सुषुप्त हुन्छ र बिरामीले आफूमा कुनै रोगको महसुस गर्दैन भने ३५ प्रतिशत सङ्क्रमितमा हेपाटाइटिस ‘ए’ जस्तै लक्षणहरू शरीर दुख्ने, घुँडा दुख्ने, अति साह्रो ज्वरो आउने, खानामा अरुचि हुने, माथिल्लो पेट फुलेर आउने, दायाँपट्टि असजिलो महसुस हुने, वाकवाकी लाग्ने, बान्ता आउने, आँखा पहेँलो हुने, आदि लक्षण देखा पर्छन् । यीमध्ये एक प्रतिशत बिरामीको एक्युट लिभर फेलियर (कलेजो बिग्रिएर) भएर मृत्यु हुन्छ । लिभर (कलेजो) क्यान्सर हुने खतरा भने ‘सी’मा भन्दा ‘बी’मा बढी देखिने चिकित्सकको भनाइ छ । 

 

एचआइभी एड्स सङ्क्रमित शून्य 

 

जिल्लामा एचआइभी एड्सका सङ्क्रमित शून्य रहेको पाइएको छ । जिल्लाको एक मात्र जिल्ला अस्पताल फाप्लुमा आजसम्म एक जना पनि एचआइभी सङ्क्रमित नभेटिएको अस्पतालका सूचना अधिकारी शेर्पाले जानकारी दिनुभयो । 

 

अस्पतालमा आएका हजाराँै बिरामीका लागि आउने एआरटी (एन्टिभाइरल थेरापी) पनि प्रत्येक वर्ष म्याद सकिएर फाल्नुपर्ने अवस्था रहेको सूचना अधिकारी शेर्पाको भनाइ छ । “सङ्क्रमण पत्ता लागिहालेमा अपहेलित हुने डरले रोग लुकाउने परिपाटी हुँदा रोगीले अस्पतालमा आएर सेवा नलिएको हुनसक्छ”, शेर्पाले भन्नुभयो, “जिल्लामा केही सङ्क्रमित त हुनसक्ला तर हाम्रो रेकर्डमा भने छैन ।” 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement