Advertisement
Advertisement
Advertisement
Advertisement

हिउँ परेपछिको चन्द्रागिरि।

  |      11:09:00   |  
वेब तस्विर
वेब तस्विर

– नारायण ढुङ्गाना 

माघ १०, चन्द्रागिरि  ।  उपत्यकावासीका लागि फुर्सदको समय बिताउने आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरिमा बुधबारको दृश्य बेग्लै थियो । नियमितजसो मन्दिरमा पूजाआजा गर्ने, क्षितिजमा देखिएका हिमशृङ्खला र उपत्यकालगायत सुन्दर दृश्यलाई केन्द्रित गरेर तस्वीरमा कैद गर्ने तथा सेल्फीमा रमाउने पर्यटकका लागि बुधबार मौसममा आएको परिवर्ततसँगै झण्डै तीन इन्चजति बाक्लो सेताम्मे हिउँले भुलायो । दुई साता अघिमात्रै परेको हिउँको मजा भुल्न नपाउँदै उपत्यकावासीले यस वर्ष दोस्रो पटक हिउँसँग खेलेर औधी मनोरञ्जन लिए । 

 

“यस्तै त होला नि स्वर्गझैँ अनुभूति भयो, चारैतिर सुन्दर दृश्य, क्षितिजमा देखिएको हिमशृङ्खला, सेताम्मे हिउँ अनि त्यही हिउँमा खेल्न पाउनु जीवनकै ऐतिहासिक क्षण बन्यो”, मैतीदेवी बस्दै आउनुभएका सिन्धुलीका जीवन दाहालले अनुभव सुनाउनुभयो । उहाँसँग गफिँदा साथीहरु निरज भट्टराई, विश्व थापा र आशिष पाल हिउँ छ्यापाछ्याप गरेर खेल्दै हुनुहुन्थ्यो । हरेक पाखापखेरा, थुम्को र डेउडीमा हिउँसँग रमाइरहेका युवाहरुको झुण्ड पनि देखिन्थ्यो । 

 

बिहानै हिउँ परेको हल्ला मच्चिएपछि हतार–हतारमा मोटरसाइकल निकालेर चन्द्रागिरि आइपुग्नुभएका भक्तपुर निवासी राकेश पटेलले बताउनुभयो । साथी कृष्ण रामसँग पहिलो चोटी चन्द्रागिरि टेक्नुभएका पटेललाई यहाँको सुन्दरताले मन्त्रमुग्ध बनायो । “सुन्दर दृश्य र हिमाल देख्यौँ, हामीले हिउँमा खेल्न पायौँ, यो भन्दा आनन्द अरु के हुनु”, पटेलले भन्नुभयो । 

 

काठमाडौँको दक्षिण–पश्चिममा पर्ने आन्तरिक पर्यटकको आकर्षणको केन्द्रविन्दु चन्द्रागिरिले केबलकार सञ्चालनमा आएपछि काँचुली फेरेको छ । प्रायः सार्वजनिक बिदा र शनिबारको दिनमा करीब दुई हजार पर्यटक यहाँ आउँछन् । हिउँ परेको समयमा दोब्बर पर्यटक पुग्ने गरेको अनुभव केबलकारका कर्मचारीले बताए । 

 

धार्मिक र ऐतिहासिक महत्व बोकोको यहाँ मङ्गलबार राति २ बजे पहिलो पटक र बुधबार बिहान ५ बजे दोस्रो पटक हिउँ परेको चन्द्रागिरि हिल्सका इलेक्ट्रिकल इञ्जिनीयर सुनिल शर्माले बताउनुभयो । उपत्यकावासीका लागि हिउँ परेपछिको आकर्षक गन्तव्यमध्ये चन्दागिरि, नगरकोट, फुल्चोकीलगायत बनेको छ । दुई हजार ५५१ मिटर उचाइमा रहेको यो ठाउँ पर्यटकका लागि सबैभन्दा सहज क्षेत्र मानिन्छ । 

 

धुलो, धुवाँ र उपत्यकाको कोलाहलबाट छुटकाराका लागि शान्त, रमणीय र स्वच्छ वातावरणले मोहित बनाउने चन्द्रागिरि दृश्यावलोकनका लागि पनि आकर्षक गन्तव्य हो । बालाजुबाट यहाँ आइपुग्नुभएका साहिल गौतमले हिमाललाई केन्द्रित गरेर तस्वीर लिनुभयो । उहाँले भन्नुभयो, “भ्यू राम्रो देखिने रहेछ, बसौँबसौँ लागिरहने, खेलौँखेलौँ लागिरहने ।” 

पृथ्वीनारायण शाहले सबैभन्दा पहिले उपत्यकाको अवलोकन गरेको ठाउँ भएकाले यसको ऐतिहासिक महत्व छ । दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई महादेवले बोकेर पृथ्वीको परिक्रमा गर्दा सतीदेवीको भला अर्थात् निधार पतन भएको स्वस्थानीमा उल्लेख भएको भालेश्वर महादेवको मन्दिर पनि भएकाले यहाँको धार्मिक महत्व पनि बढेको छ । 

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यहाँबाट उत्तर र पूर्व क्षेत्रमा सुन्दर हिमाल देख्न सकिन्छ भने दक्षिणमा चित्लाङलगायत विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । आकाश खुलेका बेला सिङ्गो उपत्यका नियाल्न सकिन्छ । उपत्यकावासीका लागि समय बिताउने थलो बनेको चन्द्रागिरिमा मन्दिर दर्शनसँगै भरपूर मनोरञ्जन पनि लिन सकिने ठाउँ छ । 

 

अघिल्लो पटक हिउँ पर्दा केबलकारको १९ गण्डौला ९डिब्बा० सञ्चालनमा हुँदा पर्यटकको चाप धान्न मुस्किल परेकाले यसपटक भने थपेर ३८ पुर्याएकाले खासै समस्या नभएको सिभिल सवइञ्जिनीयर दीपेन्द्र ब्रविजेले बताउनुभयो । “अहिले हिउँले गर्दा आन्तरिक पर्यटकको चापाचाप छ, यो क्रम दुई÷तीन दिन रहन्छ”, उहाँले भन्नुभयो । 

 

खानाका पारखीलाई विभिन्न परिकारका खानेकुरासँगै आवासको समेत सुविधा चन्द्रागिरिमा छ । बाल उद्यान, भ्यूटावर तथा आकर्षक संरचनाले महत्व थपेको छ । “यहाँ आइपुग्दा सबै दुःखपीडा भुलेको महसुस भयो”, ठमेलबाट हिउँ खेल्न आइपुग्नु भएका पर्यटन व्यवसायी रमेश सिलवालले भन्नुभयो । यहाँको दृश्य अनौठो र अन्य क्षेत्रको भन्दा फरक लाग्ने भएकाले पनि बेलाबेलामा पर्यटकसमेत लिएर आइपुग्ने गरेको र पर्यटकले समेत रमाइलो मानेको उहाँको भनाइ थियो । 

 

थानकोटबाट करीब १० मिनेटको केबलकार यात्रामा चन्द्रागिरि पुगिन्छ । काठमाडौँको उकुसमुकुस वातावरणबाट छुटकारा पाउने विकल्प रहेको यहाँबाट देखिने दृश्य क्यामरामा कैद गर्न तँछाडमछाड हुन्छ । अझै हिउँ परेको बेलामा मानिसको भीड थेग्न हम्मेहम्मे पर्छ । बुधबार वल्लो पाखाबाट पल्लो पाखामा हिउँ छ्यापाछ्याप गरेर मनोरञ्जन लिने युवा जमात प्रशस्तै देखिन्थ्यो । 


नागबेली परेका सडक अर्को आकर्षक थियो । क्षितिजमा देखिने हिमशृङ्खला र हरियालीसहितका सुन्दर टाकुराहरु साँच्चै स्वर्गको कल्पनामा रमाउन सकिने थियो । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि समेत उपयुक्त स्थान भएकाले चन्द्रागिरिले नलोभ्याउने कोही नहोलान् । ( तस्वीर उपलव्ध छ )
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement