फागुन १६, दमक । झापाको दमकमा हिंसा पीडित महिलाका लागि सुरक्षागृह सञ्चालनमा ल्याएको छ ।
दमक नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय संस्था (युएनएचसीआर) र ग्रामीण तथा शहरी विकास नेपाल ९रुढ० को सहकार्यमा दमक–३ मा उक्त सुरक्षागृह सञ्चालनमा ल्याएको हो । लैङ्गिक विभेदमा आधारित हिंसा पीडित, प्रभावित महिला तथा बालबालिकालाई तत्काल सुरक्षा दिने उद्देश्यले सुरक्षा केन्द्र (सेफ हाउस) सञ्चालनमा ल्याइएको रुढकी अध्यक्ष वसन्तीलक्ष्मी उदासले बताउनुभयो ।
उहाँले केही आधारभूत आवश्यकतासमेत नपाएका महिलालाई परिवारमा पुनःस्थापना नहुञ्जेलसम्म संरक्षण गर्नका लागि सो सुरक्षागृह सञ्चालनमा ल्याइएको बताउनुभयो । त्यसका लागि हाल व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको र त्यस्ता प्रभावितलाई इलाका प्रशासन कार्यालय, न्यायिक समितिको सिफारिसका आधारमा आवासीय रुपमा राखेर सहयोग प्रदान गरिने उहाँको भनाइ छ ।