Advertisement
Advertisement
Advertisement
Advertisement

हरियाणामा एक जना बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड !

  |      13:30:00   |  
web imege
web imege

असार २९, कठमाडौं। हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् । 

सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला एक जना बाढीपीडित महिलाले ‘तिमी अहिले किन आयौ?’ भन्दै भीडबाट निस्केर थप्पड हानेकी हुन् । पानीको सुमचित व्यवस्था नहुँदा बाढी आएकामा क्रुद्ध उनले सांसदलाई पिटेकी हुन् । 

उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा महिला र अन्य स्थानीयले ‘तिमी अहिले किन आयौ ? भनेको सुनिन्छ । सांसद सिंहलाई उनका निजी सुरक्षा अधिकारीहरूले उद्धार गरेका थिए । घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महिलालाई माफ गरिदिएको र उनीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने बताए ।

हरियाणामा अविरल वर्षाका कारण आएको बाढीका कारण १० जनाको ज्यान गएको छ र  मुख्यमन्त्री मनोहर लाल खट्टरले बुधबार ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन्।मुख्यमन्त्रीले बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई ? चार लाख राहतस्वरुप प्रदान गरिने घोषणा पनि गरेका छन् ।

विगत चार दिनदेखि हरियाणामा मात्र नभई हिमाचल प्रदेश, उत्तराखण्ड र पञ्जाबमा लगातारको वर्षाले राज्यका केही जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ । 

हालसम्म ९१ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् । हिमाचलको सिप्तीमा अलपत्र परेका तीन सय पर्यटकको उद्धारको प्रयास भइरहेको छ । प्रतिकूल मौसमका कारण हेलिकप्टर अवतरण गर्न कठिनाई भएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement