Advertisement
Advertisement
Advertisement
Advertisement

स्वास्थ्य संस्थामा सुत्केरी गराउने वृद्धि

  |      12:02:00   |  
वेब तस्विर
वेब तस्विर

► युवराज विष्ट 

पुुुस २०, भोजपुर ।   स्थानीयस्तरमा स्वास्थ्यसम्बन्धी विभिन्नखाले सेवाको विस्तार भएसँगै स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा वान हर्ट वल्ड वाइडले ग्रामीण अल्ट्रासाउण्ड मेसिन र तालीम दिएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हो । वान हर्ट वल्ड वाइडले सन् २०१६ को फेब्रुवरी महीनादेखि आमा र बच्चाको लागि सुरक्षा सञ्जाल नामक परियोजना सञ्चालन गरेपछि जिल्लाका आठ स्थानीय तहको ११ स्वास्थ्य संस्थालाई बोकेर हिँड्न मिल्नेखालको भिडियो एक्सरे मेसिन र तालीम दिइएको छ भने ३५ प्रसूति कक्षमा सहयोग  पुर्याउँदै आएको छ । 

जिल्लाको आम्चोक गाउँपालिकालाई भने यस वर्षदेखि सो सेवा प्रदान गर्नका लागि मेसिन र तालीम सहयोग गरिने वान हर्ट वल्ड वाइड भोजपुरका जिल्ला संयोजक रबीन जोशीले बताउनुभयो । घुम्ती शिविरमार्फत आम्चोक गाउँपालिकामा १११, पौवादुङमा गाउँपालिकामा २२, भोजपुर नगरपालिकाबाट ६३ जनाले भिडियो एक्सरे सेवा लिएका छन् । यो सेवा विस्तार भएपछि स्वास्थ्य संस्थामा गर्भवती जाँच र सुत्केरी हुने सङ्ख्यामा वृद्घि भइरहेको आम्चोक गाउँपालिकाका स्वास्थ्य संयोजक महिनारायण चौधरीले बताउनुभयो । मातृ तथा नवजात शिशु स्वास्थ्य क्षेत्रमा काम गर्ने यस संस्थाले बर्थिङ सेन्टरमा आवश्यकताअनुसार औजार उपकरण सहयोग, आवश्यकताअनुसार मर्मत तथा सुदृढीकरणमा सहयोग, सेवा प्रदायकलाई विभिन्न किसिमको क्षमता अभिवृद्घि तालीम, जनचेतनासम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ । 

तालीम प्राप्त नर्सहरुले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गर्भवती महिलालाई पायक पर्ने स्थानमा गई भिडियो एक्सरे सेवा प्रदान गरी जटिलता पत्ता लगाई समयमै नजिकमा रहेको अस्पतालमा सिफारिश गरी आमा र शिशुको ज्यान बचाउने उद्देश्यका कार्यक्रम सञ्चालन गरिएको वान हर्टले जनाएको छ । टेम्केमैयुङ गाउँपालिकाले भने रु ८९ हजार २०० बजेट विनियोजन गरी गाउँपालिकाअन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यक्रम विस्तार गर्न लागेको स्वास्थ्य संयोजक दानप्रसाद राईले बताउनुभयो । राईले भन्नुभयो, “यसभन्दा अगाडि कार्यक्रम अन्नपूर्ण र तिम्मा स्वास्थ्य संस्थाबाट मात्रै निःशुल्क थियो, अब छिनामख्खु, नागी, खावा, कोट, गोगने र लेर्खकबाट पनि प्रत्येक दुई÷दुई महीनामा एक पटक सेवा प्रदान गर्नका लागि काम गरिरहेका छौँ ।”  गाउँपालिकाका गर्भवतीले आफ्नै घरदैलोमै सो सेवा पाएपछि खुशी व्यक्त गरेका छन् । “भिडियो एक्सरे सेवा लिन जिल्लामा रु ४०० दखि रु ८०० तिर्न बाध्य थियौँ, अहिले हामीले घरदैलोमै निःशुल्क सेवा पाएका छौँ’ नागीमा सेवा लिन आएकी किसन कुमारी राईले बताउनुभयो । 

 

दिङ्लाबाट राहदानी वितरण शुरु: 

इलाका प्रशासन कार्यालय दिङ्लाबाट राहदानी वितरणको शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । भोजपुर सदरमुकामसम्म आउनको लागि स्थानीयवासीलाई समस्या भएपछि दिङ्लाबाट नै सेवा दिन थालेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । राहदानी वितरण शुरु भएसँगै सो क्षेत्रका बासिन्दाले भोजपुर सदरमुकामसम्म धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । दिङ्ला इलाकाबाट षडानन्द नगरपालिकाका १४ वडा र साल्पासिलिछो गाउँपालिकाका–६ गरी २० वडाका बासिन्दाले सेवा लिँदै आएका छन् ।  सेवा क्षेत्रको केन्द्र भागबाट नै राहदानी वितरणको काम शुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । स्थानीय मकर तामाङले भन्नुभयो, “भोजपुर सदरमुकामसम्म जाँदा दुई÷तीन दिनसम्म समय लाग्थ्यो, अहिले घर नजिकैबाट सेवा पाउँदा हामी एकदम खुशी भएका छौँ ।” राहदानीका लागि सदरमुकामसम्म जानुपर्ने झन्झट हटेपछि समय र पैसा दुवैको बचत भएको तामाङको भनाइ छ ।  विसं २०५६ मा स्थापना भएको इलाका प्रशासनले नागरिकता वितरण, नाबालकको परिचयपत्र, आदिवासी, जनजाति, दलित समुदाय कागजात प्रमाणितसँगै राहदानी सिफारिशलगायतको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयले गत पुस १ गतेबाट वितरण शुरु गरेको हो । 

 

घुम्ती शिविरमा ८०० लाई सेवा: 

पौवादुम्मा गाउँपालिकामा घुम्ती शिविरमार्फत ८०० बढीले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजनामा भएको शिविरमार्फत ८३२ जनाले विभिन्न कार्यालयको सेवा एक साथ लिएका हुन् ।  शिविरमा १२७ जनालाई नागरिकता वितरण, १७९ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण, आयुर्वेदअन्तर्गत ३४ जनालाई योग र ३७ जनालाई जडीबुटीसम्बन्धी तालीम, १२७ जनाको मतदाता नामावली दर्ता, घरेलु तथा साना उद्योगमार्फत तीन वटा उद्योग र ११ व्यवसाय दर्ता भएका छन् ।  त्यस्तै कृर्षी ज्ञान केन्द्रबाट ३१ जनाको बाली उपचार तथा निःशुल्क जैविक विषादी वितरण र ६० जनालाई प्राविधिक परामर्श, आठ जनालाई अपाङ्गता परिचयपत्रका लागि सिफारिश र २१५ जनालाई रुद्राक्षको बिरुवा वितरण गरिएको सहायक प्रमुख लिल्ला अधिकारी प्रयास भट्टराईले जानकारी दिनुभयो ।  गाउँमै सेवा पाएपछि स्थानीय पनि खुशी भएका छन् । शिविर पौवादुङमा गाउँपालिका–४ वास्तिम वडा नं ५ सानोदुम्मा र ६ ठुलोदुम्माको सहयोगमा सञ्चालन गरिएको हो । बुधबारबाट शुरु भएको शिविर बिहीबार सम्पन्न भएको हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement