पुस २, काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य सोमबार स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो दिन चाँदीको मूल्य पनि स्थिर छ । चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा ०.२७ प्रतिशतले मूल्य बृद्धि भई सुन प्रतिऔंस २ हजार २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।