नेपाली बजारमा सुनको भाउ बिहीबार स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै यो दिन चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । यो दिन सुनको भाउ प्रतिऔंस २ हजार ३७ डलरमा कारोबार भइरहेको छ ।