Advertisement
Advertisement
Advertisement
Advertisement

सुत्केरी हुँदा भुइँमा सुत्ने चलन हट्दै

  |      11:14:00   |  
वेब तस्विर
वेब तस्विर

►धु्र्वसागर शर्मा 

 पुस २२, गलेश्वर । परम्परागत रूपमा गाउँघरतिर चल्दै आएको सुत्केरी अवस्थाका महिलालाई भुइँमा सुत्नुपर्ने बाध्यकारी चलन पछिल्लो समयमा आएर हट्दै गएको छ । बेनी नगरपालिकासहित म्याग्दीका छवटै स्थानीय तहमा बर्थिङ सेन्टर सञ्चालन र विभिन्न सङ्घसंस्थाले नवजात शिशु, सुत्केरी महिला र सुरक्षित मातृत्वसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेपछि सुत्केरी स्याहार गर्ने चलनमा सुधार आएकोे हो ।  समयमै गर्भ जाँच, सुत्केरी सामग्री, सुत्केरी अवस्थामा देखिने खतराका लक्षणलगायतका कुरामा पनि महिलाले विशेष ध्यान पुर्याउन थालेका छन् । अशिक्षाका कारण विभिन्न समस्या भोग्दै आएका ग्रामीण महिलामा चेतना आएपछि समूहमा आउने सुरक्षित मातृत्वसम्बन्धी छलफल गर्ने, सुत्केरी हुन अस्पताल जाने, सुत्केरीपछि ४२ दिन आराम गर्नेलगायतका कुरामा स्थानीय महिला समूहले सहयोग गर्न थालेको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो । 

 

पहिला पहिला सुत्केरी भएको तीन दिनपछि नै काम गर्ने गरेकी बेनी नगरपालिका–३ तोराखेतकी चेतमाया नेपालीले सुत्केरी अवस्थामा आराम गर्नुपर्छ र चिसो भुइँमा सुत्नुहुँदैन भन्ने थाहा भएपछि यस पटक महीना दिनसम्म आराम गरेको बताउनुभयो ।  “पहिलेपहिले बिरामी हुँदा धामीझाँक्रीकोमा लैजान्थे तर अहिले अस्पतालमा लैजाने गरेका छौँ”, स्थानीय दिलबहादुर सापकोटाले भन्नुभयो, “यहाँका महिलाले सुत्केरी अवस्थामा खतराबाट जोगिन समूहमा मासिक रूपमा छलफल गर्ने चलन बसालेका छन् ।”  महिलालाई पुरुषले पनि सहयोग गर्न थालेको तोराखेतका समाजसेवी सापकोटाले बताउनुभयो । तोराखेतमा महिलालाई आइपर्ने खतराबाट जोगाउनका लागि रु ३० हजार बराबरको आकस्मिक कोष स्थापना गरिएको र त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने उहाँले बताउनुभयो । यसैगरी महिलालाई आइपर्ने खतराबाट जोगाउनका लागि सामाजिक परिचालकसमेत व्यवस्था गर्ने बताइएको छ । 

 

ग्रामीण क्षेत्रमा पानीको सङ्कट 

म्याग्दीका ग्रामीण क्षेत्रमा पानीको अभाव हुँदा स्थानीयवासीको दिनचर्या कष्टकर बनेको छ । जिल्लाको बेनी नगरपालिका–६ पिपलबोट, बेनपा–३ तोराखेत, रघुगङ्गा गाउँपालिकाका रायखोर, कुइनेलगायतका गाउँमा खानेपानीकोे सङ्कट देखिएको छ ।  खानेपानीको अभाव हुँदा पिउन, घरायसी कामकाज गर्न र वस्तुभाउलाई खुवाउन समस्या भएको स्थानीयवासीको गुनासो छ । पानीको अभाव हुँदा गृहिणी र विद्यार्थी बढी मर्कामा परेका छन् । एक गाग्री पानी भर्न बिहानभर कुर्नुपर्ने बाध्यता रहेको छ । यस्तै, पानीको जोहो गर्नुपर्दा विद्यार्थी समयमै विद्यालय जान पाएका छन् । 

 

२०७२ सालको भूकम्पले मुहान सुकेपछि पानीको समस्या भएको रायखोरकी हेमकुमारी गर्बुजाले बताउनुभयो । “धारामा पर्याप्त पानी नआउँदा पानीको जोहो गर्नै मुश्किल हुने गरेको छ”, उहाँले भन्नुभयो । आवश्यकताअनुसार पानी नहुँदा स्थानीयवासीको जीवनयापन कष्टकर बनेको बेनपा–६ का अर्जुन पौडेलले बताउनुभयो । गाउँका करीब २५ घर परिवार एउटा कुवाको भरमा बाँचिरहेका छन् । “पानीको समस्याका कारण व्यक्तिगत सरसफाइका लागि समस्या भएको छ”, पौडेलले भन्नुभयो । स्थानीय सरकार आएको २० महीना भइसक्दासमेत आफूहरूले विकासको अनुभूति गर्न नपाएको गुनासो स्थानीयवासीको छ । सङ्घीयताले करको बोझ थोपारेको, तर जनताको दैनिक आवश्यकता पूरा नगरेको स्थानीयवासी रमेश रेग्मीले बताउनुभयो ।  उता, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले यस क्षेत्रमा खानेपानीको सुविधा पुर्याउन गाउँपालिकाले कोशिश गरिरहेको बताउनुभयो । स्थानीयस्तरमा खानेपानीको मूलको खोजी गरी छिट्टै समस्या समाधान गरिने उहाँको भनाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement