Advertisement
Advertisement
Advertisement
Advertisement

सुत्केरी भत्ताबाट वञ्चित

  |      21:20:00   |  
वेब तस्विर
वेब तस्विर

►दुर्गा देवकोटा 

माघ २१, लम्की । टीकापुर अस्पतालमा सुत्केरी भएका ५६६ जनाले सुत्केरी भत्ता पाउन सकेका छैनन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट नआएका कारण उनीहरु सुत्केरी भत्ताबाट वञ्चित भएका हुन् । 

 

अस्पतालले चालू आर्थिक वर्षको साउनदेखि सुत्केरी भत्ता उपलब्ध गराउन सकेको छैन । अस्पतालले सुत्केरीलाई यातायात खर्चवापत रु एक हजार र नियमित गर्भजाँच गरेवापत रु ८०० उपलब्ध गराउँदै आएको थियो । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहनस्वरुप तथा र मातृ मृत्युदर घटाउन २०६५ सालदेखि आमा सुरक्षा कार्यक्रम लागू गरेको हो । 

 

अस्पतालमा साउनदेखि माघ २० गतेसम्म एक हजार १३७ जना सुत्केरी भएका छन् । पाँच सय ७१ सुत्केरीलाई टीकापुर नगरपालिकाले उपलब्ध गराएको रु १२ लाख वितरण गरिएको अस्पतालका प्राविधिक मुखिया मोहनसिंह साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले बजेट उपलब्ध गराउने आश्वासन दिएको थियो, बजेट नआएपछि नगरपालिकालाई गुहा¥यौँ । नगरपालिकाले दिएको रु १२ लाख १० दिनमै सकियो ।” साउनमा सुत्केरी भएकालाई अझै भत्ता दिन बाँकी रहेको साउदले बताउनुभयो । 

 

टीकापुर अस्पतालले आमा सुरक्षाका लागि आवश्यक पर्ने बजेटका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारलाई गुहार्दै आएको छ । “साउनमा सुत्केरी भएकालाई ६ महीनापछि पाएको रकमले के काम रु” सिनियर स्टाफ नर्स कल्पना खड्काले भन्नुभयो। 

 

तीन पटकसम्म भत्ता लिन अस्पताल गए पनि पाउन नसकेको साउनमा सुत्केरी भएकी जानकी गाउँपालिकाकी कल्पना देवकोटाले बताउनुभयो । “मसँगै सुत्केरी भएका अन्यले पनि भत्ता पाएका छैनन्”, उहाँले भन्नुभयो । साउनमै सुत्केरी भएकी गीता विष्टले सरकारले आमाको स्वास्थ्यमा ध्यान नदिएको गुनासो गर्नुभयो । साउनदेखि सुत्केरीले भत्ता पाउन नसकेपछि टीकापुर नगरपालिकाको स्वास्थ्य शाखाले नगरकार्यपालिकासँग रु २५ लाख बजेट माग गरेको छ । 

 

स्वास्थ्य शाखाका संयोजक बलबहादुर रावलले कार्यपालिकामा माग पेश गरेको बताउनुभयो । “कार्यपालिका बैठकले बजेट छुट्याउने आश्वासन पाएका छौँ”, उहाँले भन्नुभयो । प्रदेश सरकारको लापरवाहीका कारण अस्पतालमा सुत्केरी भएकाले भत्ता पाउन नसकेको उहाँको आरोप छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement