Advertisement
Advertisement
Advertisement
Advertisement

सुत्केरीले यातायात खर्च पाएनन्

  |      10:41:00   |  
वेब तस्विर
वेब तस्विर
 पुस ३०, फिदिम ।आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले यातायात खर्चबापत पाउने रकम पाउन सक्नुभएन ।  नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले यातायात खर्च दिन्छ भन्ने सुन्नुभएका लकान्द्रीलाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले पछि सम्पर्क गरेर उक्त रकम दिने भन्नुभयो ।  लकान्द्रीजस्तै पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराएका महिलाले यातायात खर्चबापतको रकम पाउन छाडेको दुई महीना बित्यो । प्रदेश सरकारले पर्याप्त बजेट निकासा नगर्दा पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराउने आमाले विगत दुई महीनादेखि यातायात खर्चबापतको रकम पाउन सकेका छैनन् । 
 
 
नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीलाई रु एक हजार ४०० यातायात खर्च प्रदान गर्ने गर्दथ्यो । चालू आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमार्फत सरकारले उक्त यातायात खर्च दोब्बर पारिएको घोषणा ग¥यो । सोहीअनुसार स्वास्थ्य संस्थामा परिपत्रसमेत जारी ग¥यो तर, घोषित नीतिअनुसार बजेट निकासा नहुँदा पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराउन आउने महिलाले गत मङ्सिरदेखि यातायात खर्चबापतको रकम प्राप्त गर्न नसकेको पाँचथर जिल्ला अस्पतालका प्रमुख, मेडिकल सुपरिटेण्डेण्ट डा वुद्धिबहादुर थापाले जानकारी दिनुभयो  माथिल्ला निकायको परिपत्रअनुसार अस्पतालले गत साउनदेखि अस्पतालमा सुत्केरी गराउन आँउने महिलालाई रु दुई हजार ८०० यातायात खर्च वितरण गर्न थालेको थियो पछि निकासा हुने विश्वासमा अस्पताल विकास समितिको बजेटबाट समेत सुत्केरीलाई यातायात खर्च वितरण गरिएको थियो । अस्पतालले चालू आवको साउन, भदौ, असोज र कात्तिक महीनामा सुत्केरी गराएबापत महिलालाई रु दुई हजार ८०० का दरले रकम वितरण गरेको थापाले बताउनुभयो । प्रदेशबाट विनियोजित बजेट सकिएपछि मङ्सिरदेखि सुत्केरी आमालाई यातायात खर्च प्रदान गर्न नसकिएको थापाको भनाइ छ ।  
 
 
पाँचथर जिल्ला अस्पताल वितगदेखि नै प्रसूति र महिला स्वास्थ्य सेवाका लागि चर्चित छ । विगतमा डा पवनजङ्ग रायमाझी, डा पवनकुमार शाहलगायत चिकित्सकले सेवा दिएको अस्पतालमा अहिले महिला तथा प्रसूतिसम्बन्धी विशेषज्ञ डा वुद्धिबहादुर थापाले सेवा दिइरहनुभएको छ । यहाँ मासिक ९० देखि १०० महिला सुत्केरी गराउन आउने गरेको डा थापाले बताउनुभयो । जसमध्ये १५ देखि २० को अस्पतालमै शल्यक्रिया हुने गरेको छ । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement