Advertisement
Advertisement
Advertisement
Advertisement

सिन्धुलीमा करेन्ट लागेर एक महिलाको मृत्यु

  |      16:40:00   |  
सिन्धुलीमा करेन्ट लागेर एक महिलाको मृत्यु

भदौ १०, सिन्धुली । करेन्ट लागेर एक महिलाको गए राति मृत्यु भएको छ । आफ्नै घरमा टाँगिएको तार चुँडिदा करेन्ट लागेर दुधौली नगरपालिका–५ सिर्थौली निवासी ५५ वर्षीया भीषणवती कोरईको ज्यान गएको जिप्रका सिन्धुलीले जनाएको छ । 

 

आफ्नै घर वरिपरि काम गरी घरमा फर्कने क्रममा कोरईलाई शौचालयमा लगिएको तारबाट करेन्ट लागेको जिप्रका सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । 

 

शौचालयमा लगिएको तार चुँडिएर भुइँमा लत्रेको अवस्थामा कोरईको दाहिने हातले तारलाई छुँदा करेन्ट लागेकामा अचेतावस्थामा उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो । 

 

करेन्टलाई सामान्य ठानेर हेलचेक्र्याइँ नगरी आफ्नो घरको विद्युत् प्रवाहलाई व्यवस्थित बनाउन प्रहरीले आग्रह गरेको छ । साना भुइँघर र फुसको छानो लगाइएका अधिकांश घरमा जुनसुकै बेला करेन्ट लाग्ने जोखिम रहेको स्थानीयवासीले बताएका छन् । 

 

यसैबीच सिन्धुलीमा गए राति ठूलो मेघ गर्जनसहित जिल्लाका केही भूभागमा वर्षा भएको छ । सिन्धुलीमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको जिप्रका सिन्धुलीले जनाएको छ । सिन्धुली जिल्ला चट्याङका लागि अत्यन्तै जोखिम मानिन्छ । जिल्लाको पूर्वी तथा पश्चिमी क्षेत्रमा वर्षेनी चट्याङकै कारणले ठूलो धनजनको क्षति हुने गरेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement