Advertisement
Advertisement
Advertisement
Advertisement

सामाजिक सुधारका प्रयास शुरु

  |      12:32:00   |  
वेब तस्विर
वेब तस्विर

 माघ २, रसुवा । विवाह, छेवर तथा काजक्रियाजस्ता कार्यमा सेवन हुने मदिराजन्य पेय पदार्थ न्यूनीकरण गर्न पश्चिमी रसुवाको हाकु क्षेत्रमा प्रयास शुरु भएको छ । 

 

आमा छोदिङमो गापा–१ का वडाध्यक्ष निमा दिण्डु तामाङका अनुसार परम्परादेखि चल्दै आएको रीतिरिवाजलाई परिमार्जन गरी विसङ्गति हटाउन गाउँका जनप्रतिनिधि, लामा गुरु, स्थानीय आमा समूहलगायत युवा क्लबसमेतको उपस्थितिमा सामाजिक सुधारको अभियान शुरु गरिएको हो । 

 

सदरमुकामबाट पाँच घण्टाको पैदल दूरीमा रहेको हाकुमा विकास निर्माणसँगै सामाजिक सुधार गरी परिवर्तन गराउन मदिरा सेवनलाई प्रतिबन्धित गर्न लागिएको वडाध्यक्ष तामाङले बताउनुभयो । गत वर्ष नेपाल सरकारद्वारा मैलुङ–स्याफ्रु सडकको निर्माण र यस वर्ष स्थानीय तहले त्रिशूली नदीदेखि हाकुबेँसी हुँदै ठूलो हाकुसम्म करीब नौ किमी ग्रामीण सडकको ट्रयाक खुलेपछि स्थानीयवासीको जीवनशैलीमा परिवर्तन आउन थालेको छ । 

 

हाकु क्षेत्रको पुराना गतिविधि संस्थागत रुपले बदल्न हाकु सुधार समाज गठन भइसकेको छ । समितिमार्फत सुधारका क्रियाकलाप अनुगमन गरी स्थानीय न्यायिक समितिसमेतको सहयोगबाट गल्तीको प्रकृतिअनुसार रु २० हजारसम्म जरिवाना गर्ने सामाजिकरुपमै अनुमोदन भएको हाकु सुुधार समाजका सचिव साङतेम्बा तामाङले बताउनुभयो । 

 

हाकु क्षेत्रमा मालाका रुपमा प्रयोग गरिने खादाको प्रयोगमा कमी ल्याउने, सामाजिक कार्यमा मदिरा तथा सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्ने तथा छेवर गर्दा र घर सार्ने बेलामा पैसा दिने चलन अन्त गर्ने, बाल तथा बहुविवाह अन्त्य गराउने, पूजापाठको बेला लामाले मासु खान नपाउनेजस्ता निर्णय भएको बताइएको छ । 

 

यस्तै हाकु क्षेत्रमा वन विनाश हुँदै गएकाले सबैको हातेमालोबाट संरक्षण कार्य प्रभावकारी बनाउने, प्राङ्गारिक खेती, पशुपालनलाई बढावा दिने, उपचारको लागि स्वास्थ्य केन्द्र जाने, शौचालयको नियमित प्रयोग गर्ने, पहिरो रोकथामको लागि विशेष जाँच गराउनेजस्ता कदम अगाडि सारिएको वडा कार्यालयले जनाएको छ । 

शत प्रतिशत तामाङ जातिको बहुल्यता रहेको हाकुमा गरिएको प्रयास जिल्लाकै नमूना बन्न सक्ने बुद्धिजीवीले बताएका छन् । शिरमा गोपुकुण्ड, बेँसीमा त्रिशूली नदी उत्तरतर्फ पहिरो खोल्छा र पहाड दक्षिणतर्फ डाँडो रहेको आमाछोदिङमो गापा–१ सानो हाकु तथा ठूलो हाकुमा ४९२ घर रहेका र ८५ प्रतिशत भूकम्पपछिको आवास पुनः निर्माणसमेत भई प्रत्येक घरमा शौचालयसमेत रहेको छ । 

 

करीब एक हजार ७०० जनसङ्ख्या माझ आइपर्ने समस्या र गाउँ समाजको सामूहिक विकासका लागि सहभागिता जुटाउन एक जना कटुवालसमेत व्यवस्था गरिएको वडाध्यक्ष निमा दिण्डु तामाङले जानकारी दिनुभयो । 
     


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement