Advertisement
Advertisement
Advertisement
Advertisement

सामाजिक सुरक्षा भत्ता वितरण

  |      13:22:00   |  
वेब तस्विर
वेब तस्विर

पुस  ११, तनहुँ ।  तनहुँको व्यास नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा रु ११ करोड ३३ लाख ७५ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । 

 

नगरपालिकाले एकल महिला, विधवा, लोपोन्मुख, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता, दलित ज्येष्ठ नागरिक र अन्य ज्येष्ठ नागरिकलाई गरी उक्त भत्ता रकम वितरण गरेको हो । नगरपालिका मातहतमा रहेका १४ वटा वडाका ६ हजार ७५० जनालाई उक्त रकम वितरण गरिएको नगरपालिकाका पञ्जिकाधिकारी विष्णुकुमार जोशीले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार वडा न। १ मा २८२, वडा नं २ मा २३९, वडा नं ३ मा १३६, वडा नं ४ मा २४७, वडा नं ५ मा ५१७, वडा नं ६ मा ५९०, वडा नं ७ मा ५०९, वडा नं ८ मा ४२४, वडा नं ९ मा ५९३, वडा नं १० मा ७३०, वडा नं ११ मा ८२३, वडा नं १२ मा ६२६, वडा नं १३ मा ४९८ र वडा नं मा ४३३ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता लिएका हुन् । 

 

त्यसैगरी नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ को प्रथम चौमासिकमा ६ हजार ९३९ जनालाई रु तीन करोड ९५ लाख ५३ हजार ६०० सामाजिक सुरक्षा भत्ता वितरण गरेको सूचना अधिकारी गोकर्णराज वाग्लेले बताउनुभयो । नगरपालिका कार्यालयले तय गरेअनुरुप अतिअशक्तलाई मासिक रु ६००, लोपोन्मुख र पूर्ण अशक्तलाई मासिक रु दुई हजारका दरले र अन्यलाई मासिक रु एक हजारका दरले सामाजिक सुरक्षा भत्ता रकम उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । ७० वर्ष नाघेका सबै ज्येष्ठ नागरिकलाई खाइपाइ आएको भत्ता रकमसहित औषधि उपचारवापत मासिक रु एक हजार थप गर्ने व्यवस्था गरिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement