Advertisement
Advertisement
Advertisement
Advertisement

सहकारीले महिला नेतृत्वदायी भूमिकामा

  |      18:29:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन १, बेझाड । उठेर बोल्न नसक्ने गाउँघरका महिला सहकारीमा आबद्ध भएपछि निर्धक्कसँग आफ्ना मनमा लागेका कुरा व्यक्त गर्न सक्ने भएका छन् । गाउँगाउँमा पछिल्लो समय सहकारी स्थापनाको लहर बढ्दै गएपछि उनीहरु ढुक्कका साथ बोल्नसक्ने भएका हुन् । 

 

 

मनमा लागेका कुरा अभिव्यक्त गर्न नसक्ने, लजाउने, अरुका सामु बोल्न डराउने महिला हिजोआज भने खुलेर मज्जाले अभिव्यक्त गर्न सक्ने भएका छन्।सहकारीले पैसा बचत गर्ने, आयआर्जनमूलक व्यवसाय गर्ने मात्र नभई नेतृृत्वदायी भूमिका कसरी निभाउनेजस्ता कुराले समाजमा ठूलो परिवर्तन ल्याइदिएको छ । 

 

 

पाल्पाको रामपुर नगरपालिका–७ मोहटी बस्ने यमकान्ती गौतम अरुका सामु बोल्न डराउने, आफ्ना कुरा अभिव्यक्ति गर्न नसक्ने, लजाउने खालको हुनुहुन्थ्यो । तर अहिले उहाँ निर्धक्कसँग सभा, समारोह, गोष्ठीलगायतका विभिन्न कार्यक्रममा बोल्न सक्ने हुनुभएको छ । विसं २०६९ मा हराभरा महिला कृषि सहकारी संस्था गाउँमा स्थापना भएपछि उहाँ विस्तारै बोल्न सिक्दै गएको बताउनुभयो । 

 

 

“सहकारीको अध्यक्ष भएपछि धेरै जिम्मेवारी सम्हाल्नुपर्याे”, उहाँले भन्नुभयो, “जानीनजानी विस्तारै बोल्न सिके, जिल्ला तथा केन्द्र तहका ठूलाठूला गोष्ठी, तालीममा जानुपर्ने बाध्यता, काम गर्दागर्दै अहिले मज्जाले बोल्न, भाषण गर्न सक्ने भइयो ।” 

 

 

यस्तै गीता भट्टराईलाई समूह, सहकारीमा बस्दा कसैले आफ्ना सामु परिचय माग्दा उहाँलाई बताउन निकै कष्ट हुन्थ्यो । तर, हिजोआज उहाँले माइक समातेर मज्जाले गाउँघरमा बोल्ने मात्र नभई सहकारीको वार्षिकोत्सव, भेला, बैठकजस्ता कार्यक्रम आफैँ सञ्चालन गर्नुहुन्छ । “माइकमा अरु बोलेको देखेपछि आफूलाई त्यत्तिकै पनि डर लाग्थ्यो”, उहाँले भन्नुभयो, “सहकारीमा आबद्ध भएपछि बाध्यताले जानीनजानी पनि माइक समातेर बोल्नुपर्यो ।” । 

 

 

रामपुर क्षेत्रमा भने सहकारीले महिलामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाएको छ । शुरुशुरुमा संस्थामा गएर बोल्नुभन्दा घरमै बसेर समय बिताउन खुशी मान्ने तीर्थकुमारी पौडेल अहिले संस्थाको नेतृत्व आफैले गर्नसक्ने हुनुभएको छ । उहाँलाई सहकारी जीवनको एउटा खम्बाजस्तो बनेको छ । अहिले उहाँले विजयपुर कृषि सहकारी संस्थाको कोषाध्यक्ष पदमा रहेर काम गर्दै आउनुभएको छ । महिला सक्षम र सक्रिय छ भने महिला भनेर अवसरबाट बञ्चित गराउन नहुने जिल्ला सहकारी सङ्घका सदस्य सूर्यप्रसाद रेग्मीले बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement