Advertisement
Advertisement
Advertisement
Advertisement

सहकारीमा महिलाको आकर्षण बढ्दो

  |      13:04:00   |  
वेब तस्विर
वेब तस्विर

► सुशीला रेग्मी 

माघ ३, बेझाड, पाल्पा ।  रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि गुहार्नुभयो तर, कसैले पत्याएन । उहाँलाई छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन निकै कठिन थियो । कमाउने कोही नहुँदा आफन्त साथीभाई सबै टाढिए । गाउँमै रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुरमा उहाँ आबद्ध हुनुभयो । 

 

लघुवित्त कार्यक्रममा सहभागी भएपछि उहाँलाई सहकारीले व्यवसाय गर्न बिना धितो ऋण दियो । सहकारीबाट ऋण पाएपछि न्यौपानेले खुशी हुँदै जग्गा भाडामाा लिएर तरकारी र कुखुरापालन व्यवसाय शुरु गर्नुभयो । “सहकारीबाट ऋण लिएर शुरु गरेको व्यवसाय अहिले राम्रो आम्दानीको स्रोत बनेको छ, हामी गरीब बेसहारा किसानका लागि सहकारी बरदान नै सावित भएको छ,” उहाँले भन्नुभयो । उहाँले अहिले करीब सात रोपनी जग्गा भाडामा लिएर तरकारी खेती र कुखुरापालन व्यवसाय गरिरहनु भएको छ । यस व्यवसायबाट उहाँलाई अहिले वर्षमा चार लाख रुपैयाँ बराबरको आम्दानी हुन्छ ।  त्यस्तैगरी, अर्का कृषक टकादेवी भट्टराईको अवस्था पनि न्यौपानेको जस्तै थियो । उहाँ पनि व्यवसाय गर्नकै लागि ऋण झिक्न सहकारीमा पुग्नुभयो । बिना झण्झट बिना धितो ऋण पाएपछि उहाँले उत्साहित भएर तरकारी खेतीमा लगानी गर्नुभयो । भट्टराईले अहिले पाँच रोपनी जग्गामा विभिन्न मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर एक याममै रु तीन लाख बराबरको आम्दानी गरिरहनुभएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुँदै गएपछि उहाँले कुखुरापालन व्यवसाय पनि शुरु गर्नुभएको छ ।  उहाँले भन्नुभयो – “शुरुमा ऋण पाउन धेरै जनासँग हात जोडँ। रातदिन भौँतारिएँ तर, कसैले दिन मानेन । घर नजीकै सहकारी खुलेको थियो । त्यहाँ गएपछि सजिलैसँग ऋण पाइयो ।” सहकारी आफू जस्ते मानिसका लागि जीवन जिउने आधार बनेको उहाँको भनाइ छ । 

 

रामपुर नगरपालिका–७ बहखोला बस्ने उर्मिला रानालाई सहकारीले सहजै बिना धितो ऋण उपलब्ध गराएपछि होटल व्यवसायमा लगानी गर्नुभयो । आजभन्दा एक दशक अगाडि रु २० हजारको लगानीमा होटल व्यवसाय शुरु गर्नुभएका राना अहिले यो व्यवसायको कमाइबाट घरघडेरी जोड्न सफल हुनुभएको छ ।  रामपुर–५ सुन्दरटोल बस्ने लक्ष्मी रानाले सहकारीबाट झिकेको ऋणले भैंसी र गाईपालनमा लगानी गर्नुभएको छ । उहाँको फार्ममा हाल छ वटा उन्नत जातका भैसी, दुई वटा उन्नत जातका गाई छन् । उहाँ दैनिक पैंतिस लिटर दूध बिक्री बेचेर मासिक पैंतालिस हजार कमाइ गर्नुहुन्छ । उहाँले सहकारीबाट रु एक लाख रकम ऋण झिकेर पशुपालन व्यवसायमा लगानी गर्नुभएको हो ।  उहाँजस्ता धेरै महिला अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाबाट झिकेको रकम आयमूलक व्यवसायमा लगानी गरी आत्मनिर्भर बनेका छन् । सहकारीमा अहिले नौ हजार ४१३ जना शेयर सदस्य रहेका छन् । विसं २०६४ देखि शुरु भएको लघुवित्त कार्यक्रममा छ हजार ४८८ जना महिला सदस्य आबद्ध छन् । हाल सहकारीले दैनिक ७२ करोड रुपैयाँ बराबरको कारोबार गर्दैआएको छ । संस्थाले बिना धितो रु एक लाख ५० हजारसम्म र त्यो भन्दा माथि परियोजना हेरेर धितोमा रु नौ लाखसम्म व्यवसाय गर्न इच्छुकलाई ऋण प्रवाह गर्दै आइरहेको सहकारीका व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । 

 

सहकारीले पूर्वी पाल्पाका साविक २१ वटा गाउँ विकास समितिलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । सहकारीबाट ऋण झिक्नेमध्ये करीब ४० प्रतिशतले व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । सहकारीले नाफामुखी नभई बिशुद्ध जनताको हितमा काम गरिरहेको अध्यक्ष तीर्थप्रसाद पंगेनी बताउनुहुन्छ । “सदस्यहरुको वित्तीय आवश्यकतालाई पूरा गर्ने, गुणस्तरीय सहकारीको पहिचान स्थापित गर्ने, संस्थाले लगानी गरेका व्यवसायलाई व्यावसातिक बनाउँदै लैजाने गरी काम गरिरहेको छ,” पंगेनीले भन्नुभयो ।  व्यवसाय गर्न चाहने महिलालाई सहुलियत दरमा बिना धितो ऋण सहकारीले उपलब्ध गराएपछि ग्रामीण भेगका महिलाहरु आयमूलक पेशा व्यवसायतर्फ उन्मुख भएका छन् । गाउँका गरीब, एकल, असहाय, दलित, विपन्न वर्गका महिलाहरुका निम्ति सहुलियत दरमा ऋण दिन थालेपछि सहकारीमा महिलाहरुको आकर्षण बढ्दो छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement