Advertisement
Advertisement
Advertisement
Advertisement

सशस्त्र प्रहरी जवान हत्यामा दुई युवतीसहित ६ जना पक्राउ

  |      16:16:00   |  
सशस्त्र प्रहरी जवान हत्यामा दुई युवतीसहित ६ जना पक्राउ

भदौ ९, भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा बिहीबार बिहान भीमदत्तनगरपालिका–६ मा हत्या गरिएको अवस्थामा भेटिएका थिए । 

 

घटनालगत्तै विस्तृत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने अन्य शंकास्पद व्यक्तिलाई पनि सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाउने काम भइरहेको जनाएको छ । 

 

‘‘हामीले अहिलेसम्म १२ जनालाई प्रहरी कार्यालयमा बोलाएर अनुसन्धानका क्रममा सोधपुछ गरिसक्यौं ।’’ कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले भन्नुभयो–ँअनुसन्धान सघन रुपमा भइरहेकाले हत्या पत्ता लाग्छन ।” हत्या गरिएका कँुवरले प्रयोग गरेको मोटरसाइकल घटनास्थल छेउमै रहेको नहरको झाडीमा फालिएको थियो भने शव थुपारिएको ढुंगामाथि राखिएको अवस्थामा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा जवान कुँवरसहित केही व्यक्तिले घटनापूर्व यहाँको एउटा होटलमा मादक पदार्थ समेत सेवन गरेका थिए । 

 

मादक पदार्थ सेवन गर्दा साथमा रहेका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी कुँवरको शव परीक्षणपछि शुक्रबार आफन्तको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक सेटीले जानकारी दिनुभयो । कुँवरको हत्यापछि आक्रोसित स्थानीयवासी र उनका आफन्तले शान्ति सुरक्षाको माग गर्दै बिहीबार भीमदत्तनगरमा केहीबेर यातायात, बजार अवरुद्ध पारेर प्रदर्शन गरेका थिए । कञ्चनपुरमा हत्या शृंखला दोहरिन थालेपछि यहाँका स्थानीय बासिन्दा त्रस्त भएका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement