Advertisement
Advertisement
Advertisement
Advertisement

सरकारको एक वर्षः महिला, बालबालिको क्षेत्रमा उल्लेख्य काम

  |      21:27:00   |  
सरकारको एक वर्षः महिला, बालबालिको क्षेत्रमा उल्लेख्य काम

►सुशील दर्नाल 

फागुन १७, काठमाडौं । सरकार गठन भएको एक वर्षभित्रमा महिला, बालबालिक, ज्येष्ठ नागरिक, दलित र आदिवासी जनजाति समुदायलगायतका क्षेत्रमा उल्लेख्य काम भएको छ । 


विसं २०७४ फागुन ३ गते सरकार गठन भएयता महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाको सुनिश्चितता प्रदान गर्दै त्यसको दायरालाई विस्तार गरेको छ । 


यो एक वर्षको अवधिमा महिला, बालबालिकासम्बन्धी छुट्टै अपराध तथा अनुसन्धानका लागि १४ भवन निर्माण सम्पन्न गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो । 


त्यसैगरी लैंगिक हिंसा निवारणका लागि ६५ महिलालाई संस्थागत विकास पुनर्ताजगी प्रशिक्षण, ५० किशोरीको बहुआयामिक विकास कार्यक्रम रुपान्तरण प्रशिक्षण, १४ जनालाई छ महीने मनोसामाजिक विर्मशकर्तालगायतका तालीम प्रदान गरिएको छ । 


देशभरि हराएका खोजतलासका लागि दर्ता भएका दुई हजार ९६१ बालबालिकाको खोजतलास गरी एक हजार २३१ को पारिवारिक पुनर्मिलन, बेवारिसे फेला परेका ४६० बालबालिकामध्ये २५० को पारिवारिक पुनर्मिलन तथा घरपरिवार र ठेगाना पहिचान हुन नसकेका २१० बालबालिकालाई बालगृहमा पुनःस्थापना तथा संरक्षण गरिएको मन्त्रालयले जनाएको छ । 


जोखिमपूर्ण अवस्थामा रहेका तीन हजार ३७८ बालबालिकाको आपत्कालीन उद्धार गरी राहत, मनोविर्मश, पारिवारिक पुनर्मिलन र पुनःस्थापना तथा संरक्षण सेवा प्रदान गरिएको छ । साविकमा भक्तपुर, चितवन र कास्कीमा मात्र बालसुधार गृह रहेकामा डोटी, मकवानपुर, पर्सा, बाँके र रुपन्देहीमा समेत बालसुधार गृह सञ्चालनमा ल्याइएको छ । 


नयाँ पुस्तामा ज्येष्ठ नागरिकप्रति सम्मान गर्ने भावनाको विकास गर्न ७७ जिल्लाका २२५ विद्यालयमा अन्तरपुस्ता सीप हन्तान्तरण कार्यक्रम सञ्चालन गरिएको सह–सचिव शर्माको भनाइ छ । यो एक वर्षको अवधिमा ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने अभियानका साथ ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ को अवधारणासहित शैक्षिक सत्र २०७५ मा विद्यालय बाहिर रहेका कूल तीन लाख १३ हजार २५८ बालबालिकामध्ये दुई लाख ४५ हजारलाई विद्यालयमा भर्ना गरिएको छ । 


एक सय २६ स्थानीय तहले आधारभूत विद्यालय उमेर समूह ९५–१२ वर्ष० का बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरेको छ । शैक्षिक सत्र २०७६ सम्ममा विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारको योजना छ । 


नेपाल सरकारबाट प्रत्येक वर्षको नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको अभियान दिवसका रुपमा सञ्चालन गर्ने निर्णय भएको छ । देशैभरि २०७५ मङ्सिर ९ गतेदेखि २६ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसमेत सञ्चालन गरिएको छ । लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सञ्जालको कार्यक्षेत्र, २०७५ कार्यान्वयनमा ल्याइएको छ । महिला हिंसाविरुद्ध हुने सबै प्रकारका हिंसा उन्मूलनसम्बन्धी महासन्धिको ७१ औँ अधिवेशनमा नेपालले पे्रस गरेको प्रतिवदेनका मुद्दाको सूचीको जवाफसहित सरकारको धारणा प्रस्तुत गरिएको छ । 


त्यसैगरी संस्थागत रुपमा हवाई उद्धार कार्यक्रम शुरु गरी हुम्ला र दोलखा जिल्लाको दुर्गम भेगका गर्भवती महिला र नवजात शिशुलाई उपचारका लागि हवाई उद्धार गरिको सहसचिव शर्माले जानकारी दिनुभयो । 


विगत एक वर्षको अवधिमा सरकारले तीन हजार ८९२ मुक्तहलिया परिवारलाई पुनःस्थापना गरेको छ । दुई हजार ७३६ मुक्तकमैया परिवारलाई काठ खरीदबापतको अनुदान उपलब्ध गराइएको छ । त्यसैगरी मुक्तकमैया तथा मुक्तहलिया परिवारको पुनःस्थापना कार्यका लागि रु एक अर्ब एक करोड ६८ लाख लागनी भएको छ । कञ्चनपुर जिल्ल्लाको बाघफाँटामा ३६, बाह्राकुँडामा ३५ र लालझाडीमा ६० मुक्तहलिया परिवारका लागि एकीकृत नमूना बस्ती बनाउने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement