Advertisement
Advertisement
Advertisement
Advertisement

सम्मानजनक व्यवहार गर्न मनोरञ्जन क्षेत्रका श्रमिक महिलाको माग

  |      17:00:00   |  
सम्मानजनक व्यवहार गर्न मनोरञ्जन क्षेत्रका श्रमिक महिलाको माग

– मीना घोरसाइने 

फागुन ६, काठमाडौं ।  ६ फागुन  बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उहाँका दुई छोरी भए । छोरी मात्र जन्माएका कारण परिवारबाट शारीरिक तथा मानसिक यातना पाउनुभएकी थापा माइतीबाट समेत सहारा नपाए पछि अन्ततः एक साथीको सहयोगमा काठमाडौँमा आइपुग्नुभयो । 

 

 

अध्ययन नभएकाले राम्रो जागिर पाउने सम्भावना नभएपछि साथीको सहयोगमार्फत उहाँले एक रोधीमा वेटरको रुपमा काम शुरु गर्नुभयो । त्यहाँ काम गर्दागर्दै थापा दोहोरी सिकेर दोहोरी गायिका पनि हुनुभयो । कामबाट राम्रै पारिश्रमिक आएपनि छोरीका लागि समय नभएपछि साथीको घरमा छोरी जिम्मा लगाएर काममा जान थाल्नुभाकी उहाँले भन्नुभयो, “हाम्रो कामकै कारण हाम्रो सन्तान समेत सुरक्षित छैनन् भने राज्यले हामीलाई सुरक्षा दिने कहिले” आफू मनोरञ्जन क्षेत्रको श्रमिक भएकै कारण आफ्ना छोरीसमेत सम्मानित नभएको उहाँको गुनासो थियो । 

 

 

नयाँ व्यक्तिले रोधी चलाउने भनेर उहाँलगायत अन्य साथीलाई केही समयपछि पुनःबोलाउने बहानामा तीन महीनाको पारिश्रमिक समेत नदिइ पठाइयो । केही समयपछि रोधीका लगानीकर्ताले उहाँलाई उसैसँग बस्न भनी बोलायो तर उसको नियत ठिक नभएकाले थापाले इन्कार गर्नुभयो । त्यो घटनाले उहाँलाई न त काममा बोलाइयो न त काम गरेबापतको पारिश्रमिक नै दिइयो । काममा बोलाउला भन्ने आशैआशमा थापाले अन्य ठाउँबाट आएको कामको प्रस्ताव समेत मान्नुभएको थिएन । 

 

 

उहाँले श्रम विभागमा आफूले काम गरेको पारिश्रमिक पाउन भनी मुद्दा समेत दायर गरेपनि अहिलेसम्म पारिश्रमिक अझै पाउन सक्नुभएको छैन । “कि त हामीलाई कामको सुनिश्चितता चाहियो, होइन भने हाम्रो पारिश्रमिक समयमा नै दिनुपर्यो, थापाको आक्रोस थियो । हाल उहाँ काठमाडौँकै एक रोधीमा काम गर्नुहुन्छ । त्यसैगरी पोखराको एक स्पामा काम गर्दै आउनुभएकी २४ वर्षीय शर्मिला श्रेष्ठ आफूले यस क्षेत्रमा काम गर्दै जाँदा आफूमाथि धेरै नै शोषण भएको बताउनुभयो । एकातिर परिवारको आर्थिक समस्या अर्को मासिक रु आठ हजार पारिश्रमिक मात्र । त्यसमाथि भनेको समयमा तलब नपाइने । अर्को समस्या त समाजले आफूमाथि हेर्ने दृष्टिकोण पनि नराम्रो । स्पामा काम गर्ने केटी भन्नेवित्तिकै सबैले चरित्रहीन जस्तै व्यवहार गर्ने गरेको उहाँको गुनासो थियो । 

 

 

 

श्रेष्ठले प्रश्न गर्नुभयो, “हामीलाई पनि अन्य क्षेत्रमा काम गर्ने मानिस सरहको सम्मानजनक व्यवहार कहिले गरिन्छ।” चाहेर पनि आफू यस दलदलबाट निस्कन नसकेको उहाँको भनाइ थियो । विशेषगरी मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक शोषण त छ नै अर्कोतिर उनीहरू यौन शोषणका शिकार पनि बनिरहेका छन् । 
 

 

 

बुटवलको एक रोधी घरमा काम गर्दै आउनुभएकी रमिला मोक्तान आफू मनोरञ्जन क्षेत्रमा काम गरेकै कारण कोठा पाउनसमेत गाह्रो हुने गरेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “बस्नको लागि कोठा भाडामा त पाइन्छ, तर राति अबेलासम्म काम गर्नुपर्ने हुँदा घरबेटीले ढोका नै खोलिदिँदैनन् ।” मनोरञ्जन क्षेत्रमा काम गर्ने भन्नेवित्तिकै समाजको मात्र नभइ ग्राहकको समेत गलत नजर हुने गरेको उहाँले बताउनुभयो । 

 

 

सरकारले मनोरञ्जन क्षेत्रमा काम गर्ने कामदारका लागि पनि अन्य काम गर्ने व्यक्ति सरह नै सम्मानजनक व्यवहार हुनुपर्ने बताउँदै आए पनि अहिलेसम्म सो व्यवहार नभएको उनीहरुको गुनासो थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement