Advertisement
Advertisement
Advertisement
Advertisement

सफल महिला उद्यमी बनिन् तुलसा

  |      20:09:00   |  
सफल महिला उद्यमी बनिन् तुलसा

►नारायणी रजौरे 

फागुन ८, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढा मगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । 


डेढ दशकदेखि सो पेशामा लाग्नु भएकी उहाँले अहिले च्याउ उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै वार्षिक रु सात लाख बचत गर्न सफल हुनुभएको छ । शुरुका वर्षमा गङ्गामाला च्याउ समूह खोलेर शुरुवात गर्नुभएकी उहाँले अहिले आफ्नै च्याउ प्रशोधन केन्द्र सञ्चालन गर्नुभएको छ । करिब १४ वर्ष स्वयंसेविका भई सेवा गर्नुभएकी उहाँ जिल्ला भ्रमणमा गएको बेलामा चितवनमा गरेको च्याउखेती देखेपछि आफू यो खेतीतर्फ आकर्षित भएको बताउनुहुन्छ । 


विसं २०६० मा आफूले पहिलो पटक गाउँका ११ महिलालाई आवद्ध गराएर गङ्गामाला च्याउ समूह गठन गर्नुभयो । गाउँको एक कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको र तीन वर्षसम्म समूहबाट भएको आम्दानीले गाउँमा एक कठ्ठा जमीन किनेर आफ्नै श्रमदान र लगानीले पक्की घर बनाएर अहिले पनि समूहमा आवद्ध महिला त्यहीँ च्याउखेती गरी रहेको आफ्नो विगत उहाँले सुनाउनुभयो । 


उहाँले भन्नुभयो, “अहिले भने आफूले आफनै च्याउ उद्योग तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छु, जिल्लामा हुने प्राय सबै ठाउँमा च्याउखेतीको बारेमा तालीम दिन प्रशिक्षक भएर जाने गरेकी छु ।” रु तीन लाख रुपैँयाबाट आफ्नो निजी च्याउ उद्योगको शुरुवात गरेको बताउने उहाँले अहिले झण्डै रु एक करोड मूल्यबराबरको लगानी गरेर पक्की घर तथा च्याउखेतीका लागि आवश्यकपर्ने सामग्री जोड्न समेत सफल हुनुभएको छ । 


त्यसैगरी उहाँलाई उत्कृष्ट महिला उद्यमी भनि साना तथा मझौला उद्योगबाट निःशुल्क रुपमा च्याउ प्रशोधन मेसिनसमेत प्राप्त भएको छ । तुलसाले जिल्ला तथा केन्द्रीयस्तरका पुरुस्कार समेत प्राप्त गरिसक्नु भएको छ । यसपटक पनि उहाँलाई तुलसीपुर उपमहानगरपालिले केही महीना अगाडि उत्कृष्ट महिला उद्यमीका रुपमा पुरुस्कृत गरेको थियो । 


कृषि विकास कार्यालय र लघुउद्यम कार्यालयले पनि उहाँलाई सहयोग गदै आएको छ । अहिले उहाँले उत्पादन गर्ने ताजा च्याउ, च्याउको अचार, सुकुटी दाङ तथा जिल्ला बाहिरका ठूलाठूला शहरमा जाने गरेको छ । उहाँको अबको चाहाना आफूले उत्पादन गरेको सामग्री अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने रहेको छ । 


अहिले उहाँले ताजा च्याउ प्रतिकिलो रु १८० देखि रु २०० सम्म, सुकुटी गराएको च्याउ प्रतिकेजी रु २५० देखि रु २८० सम्म र अचार प्रतिकिलो चारसय रु ५०० मा बिक्री गदै आउनुभएको छ । कडा परिश्रम पनि गर्न नपर्ने, स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजनक मानिने च्याउखेती यहाँ लोकप्रिय छ । उहाँ भन्नुहुन्छ,“धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जानेगर्नुे हुन्छ त्यो भन्दा आफनै गाउँ ठाउँमा थोरै लगानीमा यस्ता आयआर्जन मुलक व्यवसाय गरे यही आत्मनिर्भर हुन सकिन्छ ।”  - रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement