Advertisement
Advertisement
Advertisement
Advertisement

संसद् वास्तवमा कानुन तथा नीति निर्माणको थलो हो वा होइन भन्ने अनुभूति भयो : सांसद शर्मा

  |      11:35:00   |  
web image
web image

कार्तिक  १, काठमाडौं । “संसद्मा प्रवेश गर्दैगर्दा लाग्थ्यो,नीति निर्माणका विषयमा त्यहाँ गरमागरम बहस र छलफल हुन्छ । जस्तो सोचिएको थियो, त्यस्तो पाउन सकिएन । संसद्मा एकले अर्कालाई छेड हान्ने प्रवृत्ति देखियो ।”, पछिल्लो एक वर्षको संसदीय अनुभव सुनाउँदै नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले भनिन्, “यसबाट संसद् वास्तवमा कानुन तथा नीति निर्माणको थलो हो वा होइन भन्ने अनुभूति भयो । संसद्लेसदन मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो । कानुन निर्माण कार्यान्वयनमा सदनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । संविधानसभाबाट जारी संविधान कार्यान्वयनका लागि अझै थुप्रै कानुन निर्माण गर्न बाँकी नै छ । संसद् कानुन निर्माणमा केन्द्रित हुनुपर्नेमा अन्य मुद्दामा बहकिएको भन्दै जनगुनासो आउने गरेको छ । सांसद स्वयंले संसद्मा नीति तथा कानुन निर्माणका लागि नीतिगत बहस र छलफल गर्ने विषयमा कमी भएको सार्वजनिकरूपमै अभिव्यक्त गर्दै आएकी छिन् । 

माओवादी सांसद शर्मा एक वर्षका बीचमा जति पनि विधेयक प्रस्तुत भएका छन्, तिनलाई निष्कर्षमा पुर्याउनुपर्नेमा धिमा गतिमा काम भइरहेको स्वीकार्छिन । “कानुन र नीति निर्माणमा संसद्भित्रको प्रमुख भूमिका निर्वाह गर्ने शक्तिलाई यो विषयले जति छुनपर्ने हो, त्यसो हुन सकेन कि भन्ने अनभूति भइरहेको छ”, उनले भनिन्, “कानुन निर्माणको सवालमा छलफल र बहसभन्दा पनि सदन छुट्टै विषयमा बहकियो । कुनै एउटा त्यस्तो मुद्दा उठाउने, सो मुद्दामा केन्द्रित भएर बादप्रतिवाद गर्ने थलोका रूपमा सदनको प्रयोग हुन थाल्यो ।” जुन दिशामा पकड्को मार्नु पर्दथ्र्यो, त्यसो हुन सकेन ।”

सांसद शर्माले संसद्ले आफ्नो भूमिकालाई प्रभावकारीरूपमा अगाडि बढाउन खोजिरहेको भए पनि जुन स्तरमा पुग्नपथ्र्यो, त्यसो हुन नसकिरहेको बताइन् । सैद्धान्तिकरूपमा सदन कानुन निर्माण गर्ने थलो भए पनि जनप्रतिनिधि जनतासँग पनि प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उनले विकास निर्माणमा सांसदको भूमिका हुनु हुँदैन भनेर सोच्न नहुने बताइन् । 

“गाउँ–गाउँमा स्वास्थ्य, शिक्षा, सडक, कृषिलगायत पूर्वाधार छैनन्, आधारभूत आवश्यकता पूरा होउन् भन्ने जनताको अपेक्षालाई पूर्णरूपमा माया मार्न हुँदैन । जनताको आवश्यकता पूरा गर्ने सांसदको जिम्मेवारी होइन, कानुन निर्माण गर्ने थलोमा यस्ता विषय उठाउन हुँदैन भनेर यसलाई नकारेर जानुपर्छ भन्ने लाग्दैन”, उनले भनिन्। जनताको आकाङ्क्षालाई पनि सँगसँगै जोडेर लैजानुपर्नेमा जोड दिँदै उनले प्राथमिकताका सन्दर्भमा भने स्पष्ट हुनुपर्ने बताइन्। “कानुन निर्माणलाई प्राथमिकतामा राख्नुपर्छ भने जनताले उठाएका मागलाई सम्बोधन गर्न पनि उत्तिकै जिम्मेवार हुनुपर्छ”, उनले भनिन्। 

विसं २०३३ मा जन्मिएकी सांसद शर्मा विसं २०४७ देखि माओवादीमा आबद्ध भइन् । उनले २०५० सालमा माओवादीको पार्टी सदस्यता प्राप्त गरिन्। सेल, एरिया, जिल्ला, क्षेत्रीय ब्यूरो सदस्य, केन्द्रीय सदस्य हुँदै उनी अहिले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । 

दशवर्षे जनयुद्ध विस्तृत शान्ति सम्झौतामार्फत टुङ्गिएको भए पनि हालसम्म सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय निष्कर्षमा पुग्न नसक्नु दुःखद् भएको उनको भनाइ छ । “सङ्क्रमणकालीन न्याय शान्ति प्रक्रियाको अभिन्न अङ्ग हो, यो टुङ्ग्याउनै पर्छ”, उनले भनिन्, “शान्ति सम्झौता भएको डेढ दशक नाघिसके पनि अझै सदनमा पेस हुने थिति बनेको छैन ।”

थाँती रहेको शान्ति प्रक्रियाको मुख्य काम टुङ्ग्याउन अझै चाहिरहेको छैनन् भन्ने आफूलाई लागेको उल्लेख गर्दै सांसद शर्माले विभिन्न बहाना, मुद्दा उठाएर मुख्य काममा केन्द्रित हुन नदिने प्रवृत्ति देखिएको बताइन् । “शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने भनेको माओवादीको मात्रै हो भनेको जस्तो देखिन्छ, मुलुकमा दिगो शान्ति कायम गर्ने विषय माओवादीको मात्रै त होइन, त्यतिबेलाको माओवादी, संसद्वादी सात राजनीतिक दलको सहभागितामा सहमति र सम्झौता गरेर अगाडि बढेको विषय हो”, उनले भनिन् । 

अहिले व्यवहारमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा राजनीतिकरूपमा माओवादीलाई नै फाइदा हुन्छ, यसलाई किन टुङ्ग्याउने भनेको जस्तो देखिएको उनको बुझाइ छ । “राजनीतिक दलहरूले यस विषयलाई जुन ढङ्गले गम्भीरताका साथ लैजानुपथ्र्यो, त्यसो हुन सकिरहेको छैन”, उनले भनिन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement