Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीमानले श्रीमतीको हत्या

  |      11:29:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २०,  परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमान्ले हत्या गरेको खुलेको छ । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् ।  उनका श्रीमान सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उनको पुस १७ गते जङ्गलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । घाँस दाउरा गर्न गएका स्थानीयवासीले बर्दघाटको चिसापानी जङ्गलमा उनको शव फेला पारेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान् सुनिलले हत्या गरेको रहस्य खुलेको हो । सुनिललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ भने उनलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ । 

 

दुर्घटनामा एकको मृत्यु 

पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित ज्यामिरे जङ्गलमा मोटसाइकल आफैँ अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लु ३० प २०६ नंको मोटरासाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो ।  मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिकाका ३५ वर्षीय विशाल गुरुङ रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement