Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीमतीलाई एसिड प्रहार

  |      11:18:00   |  
वेब तस्विर
वेब तस्विर

पुस  १९,  भतरपुर । एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ धु्रवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चार साथीसहित भरतपुरसम्म आएर एसिड प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । 

 

पारिवारिक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ । पोखराबाट ग१य ५४३ नंको गाडी रिजर्भ गरेर साथीसहित वीरेन भरतपुर आएका थिए । घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगर–१० बस्ने वर्ष ३९ का हेम थापा, हेटौँडा १० बस्ने वर्ष २४ का विवेक गुरूङ र पोखरा २९ बस्ने निरेन गुरूङलाई पनि प्रहरीले नारायणगढस्थित लायन्सचोकबाट नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न भई भाग्न लागेको अवस्थामा जिल्लाका सबै नाकामा घेराबन्दी गरी उनीहरुलाई नियन्त्रणमा लिन सफल भइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement