Advertisement
Advertisement
Advertisement
Advertisement

श्रमिक महिलाका अधिकार कार्यान्वयनमा चुनौती

  |      17:30:00   |  
श्रमिक महिलाका अधिकार कार्यान्वयनमा चुनौती

फागुन १, काठमाडौं । श्रमिक महिलाको अधिकार कार्यान्वयनमा अझै चुनौती रहेको बताइएको छ । महिला मञ्च, नेपाल महिला एकता समाजलगायत संस्थाले आज आयोजना गरेको ‘श्रमको पहिचान, सम्मान र सुरक्षाको अनुभूति र सामाजिक न्यायको प्रत्याभूति’ विषयको महिला इजलासका वक्ताले महिला श्रमिकका लागि मन्त्रालयले निश्चित मापदण्ड तोके पनि कार्यान्वयनमा आउन नसकेको बताएका हुन् । 

 

 

 

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले महिलाको भू–स्वामित्वका लागि मन्त्रालयले काम अघि बढाइरहेको जानकारी दिनुभयो । “देशको सबैभन्दा गरीब वर्ग भनेका महिला नै हुन्”, उहाँले भन्नुभयो । योवर्ष हलिया र कमैया प्रथाको अन्त्यका लागि मन्त्रालयले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । केन्द्रीयस्तरबाट मात्र नभइ स्थानीय र प्रदेशस्तरबाट पनि श्रमिक महिलाका निम्ति कानून निर्माण आवश्यक रहेको महिला आयोगका सचिव अनिलकुमार ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाको प्रशासनिक सुरक्षाका लागि आयोगले देशभर अनुगमन गरिरहेको छ ।” मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला श्रमिकका लागि रोजगारीको प्रत्याभूति गर्न आयोगले पहल गरिरहेको उहाँ बताउनुहुन्छ । 

 

 

 

“वित्तीय पहुँच र जीविकोपार्जनको सुधारका निम्ति विभिन्न कार्यक्रम त ल्याइएका छन्, तर त्यो सबै श्रमिक महिलाको पहुँचमा पुग्न सकेको छैन”, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव अञ्जुर ढुङ्गानाले भन्नुभयो । आफू विभिन्न जिल्लामा कार्यरत रहँदा दुर्गम क्षेत्रमा श्रमिक महिलाको समस्यालाई नजिकबाट नियाल्न पाएको भन्दै उहाँले अझै श्रमिक महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नसकिएको बताउनुभयो । 

 

 

सबैलाई सम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकार राज्यले दिए पनि महिलालाई मानिसको दर्जामा समेत समाजले नराखेका मानवअधिकार आयोगका उपनिर्देशक मञ्जु खतिवडाले आरोप लगाउनुभयो । “अन्तर्राष्ट्रिय मानव अधिकारको महासन्धीमा नेपालले प्रतिबद्वता त जनाएको छ, तर कार्यान्वयनमा भने ल्याउन सकेको छैन”, उहाँ भन्नुभयो । सो अवसरमा मनोरञ्जन र मजदूरीका क्षेत्रमा काम गर्ने श्रमिक महिलाले आफूहरुले सम्मानपूर्वक जीवनयापन गर्न नपाएको र सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाको पहुँचमा आफू पुग्न नसकेको गुनासो राखेका थिए । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement