Advertisement
Advertisement
Advertisement
Advertisement

विद्यार्थी स्कूल नआए अभिभावकलाई फोन

  |      11:23:00   |  
वेब तस्विर
वेब तस्विर

माघ १५,दुल्लु । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी स्कूल आए-आएनन् भन्नेबारे विद्यालयका शिक्षकले खासै वास्ता गर्दैनन् । निजी विद्यालयले आफ्ना विद्यार्थी स्कूल नआए, स्कूल नआउनुको कारणबारे खोजी गर्ने गरे पनि सामुदायिक विद्यालयले त्यति चासो दिएको पाँइदैन । दैलेखका केही सामुदायिक विद्यालयले भने विद्यालय नआउने विद्यार्थीका अभिभावकलाई फोन गरी नआउनुको कारणबारे सोध्ने गरेका छन् । 

 

 

गुराँस गाउँपालिका–६ पिलाडीस्थित आदर्श आधारभूत विद्यालय चौताराले नआउने बालबालिकाका अभिभावकलाई फोन गर्ने गरेको छ । अभिभावकलाई फोन गर्दा विद्यार्थीको नियमितता बढेको सो विद्यालयका प्रधानाध्यापक योगेन्द्र रानाले बताउनुभयो । विपन्न समुदायका बालबालिका नियमित विद्यालय नआउने गरेको पाइएको छ । फोन गर्दा विद्यार्थी विद्यालय आउन थालेको राना बताउनुहुन्छ । आर्थिक तथा पारिवारिक समस्याका कारण अधिकांश विद्यार्थी विद्यालय भर्ना भए पनि नियमित भने आउँदैनन् । 

 

 

विद्यार्थी कक्षामा नियमित उपस्थित नहुनुको कारणबारे विद्यालय व्यवस्थापन समितिको बैठकमा छलफल गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव विकले बताउनुभयो । शिक्षक र अभिभावकको संयुक्त बैठकमा छलफल गरी समस्या समाधानका लागि पहल गरिने उहाँको भनाइ छ । विद्यालयमा झण्डै १५० विद्यार्थी अध्ययनरत छन् । सोही गाउँपालिकाको वडा नं ३ स्थित शान्ति माध्यामिक विद्यालयले पनि नियमित विद्यालय नआउने विद्यार्थीका अभिभावकलाई फोन गर्ने गरेको प्रधानध्यापक विष्णु शर्माले बताउनुभयो । दलित तथा जनजाति बालबालिकाको बाहुल्यता रहेको उक्त विद्यालयमा विद्यार्थी नियमित विद्यालयन नआउने समस्या छ । अभिभावकलाई फोन प्रायः कक्षा शिक्षकले गर्ने गर्छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement