Advertisement
Advertisement
Advertisement
Advertisement

रोग लुकाएर बसेका महिलाको खोजी अभियान

  |      12:42:00   |  
वेब तस्विर
वेब तस्विर

 पुस २०, राँझा ।  ग्रामीण क्षेत्रमा रोग लुकाएर बसेका महिलाको स्वास्थ्य उपचारका लागि लायन्स क्लबले खोजी अभियान सञ्चालन गरेको छ । रोगबारे थाहा हुँदाहुँदै पनि लाजका कारण रोग पालेर बसेका महिलालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५– बी टुका निवर्तमान गभर्नर मधुसुदन शाक्यले जानकारी दिनुभयो ।  “ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर मात्रै हुँदैन, सामान्य सर्वसाधारण शिविरमा आउँछन् तर, रोग लुकाएर बसेका महिला आउँदैनन्”, शर्माले भन्नुभयो, “त्यसैले यसपटक हामीले त्यस्ता बिरामी महिलाको परीक्षण गर्ने अभियान सञ्चालन गरेका छौँ ।”  विशेषगरी पाठेघर र स्तन क्यान्सर भएका महिला घरपरिवार र समाजबाट अपहेलित हुने डरले रोग लुकाएर बस्ने गरेको पाइएको निजी क्षेत्रबाट स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका स्वास्थ्यकर्मी एवं लायन्सका पूर्वगभर्नर सेम शाक्यको भनाइ छ । लायन्स क्लबले नियमितजसो दुर्गम क्षेत्रमा गएर सञ्चालन गरेका शिविरमा महिला कम आउने गरेको उहाँले बताउनुभयो । 

 

“जबसम्म शिक्षा र सचेतनाको विकास हुँदैन तबसम्म स्वास्थ्य समस्या बल्झिरहन्छ, त्यसैले हामीले महिला स्वास्थ्यमा सुधार ल्याउन बिरामी खोज्ने अभियान सञ्चालन गर्नुपरेको हो”, शाक्यले भन्नुभयो, “महिलाका स्वास्थ्य समस्या गाउँका महिला स्वास्थ्य स्वयंसेविकालाई थाह हुने भएकाले हामीहरु उनीहरूमार्फत सचेतना अभियान सञ्चालन गरिरहेका छौँ ।” पाठेघरको क्यान्सर, स्तन क्यान्सरजस्ता जटिल रोगसमेत महिलाले लुकाएर राख्ने गरेको पाइएको शाक्यको भनाइ छ । बेलैमा जाँच नगराउने र रोग भयावह भएपछि मात्रै स्वास्थ्य संस्थामा आउँदा जनधनको क्षति हुने गरेकाले यसमा सुधार ल्याउन आफूहरुको अभियान सहयोगी हुने उहाँको अपेक्षा छ । 

 

अहिले बाँके र बर्दियाका स्थानीय तहसँग समन्वय गरेर महिला स्वास्थ्य स्वयंसेविकामार्फत यस्तो अभियान सञ्चालन गरिएको शाक्यले बताउनुभयो । खोजतलास अभियानमा फेला परेका महिलालाई निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गरी आवश्यक परामर्श गरिने भएको छ । त्यसका लागि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५– बी टु्अन्तर्गत क्षेत्र नं ६ का क्लबको आयोजनामा यही शनिबार विशेषज्ञ स्वास्थ्य शिविर गरिनेछ । शिविरमा पाठेघर, स्तन क्यान्सर, मुटुरोग, स्त्रीरोग विशेषज्ञ चिकित्सकले जाँच गर्ने कार्यक्रम रहेको संयोजक नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement